स्याङ्जा, २३ माघ– जिल्लाको फेदीखोला गाउँपालिका–२ स्थित सिद्धार्थ राजमार्गमा दुर्घटनाहुँदा चार जना घाईते भएका छन् । शुक्रबार दिउँसो टिप्पर र बस एक अपसमा ठोक्किदा उनीहरु घाईते भएका हुन् । स्याङजाबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७६११ नम्बरको टिप्पर र पोखराबाट स्याङजा तर्फ आउदै गरेको ग१ख ९३७४ नम्बरको बस एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुर्घटनामा परी घाईते भएका टिप्पर चालक पोखरा बस्ने २५ वर्षीय सुरेन्द्र सुनारको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भई रहेको छ । यसै गरी बसमा सवार स्याङजाको पुतलीबजार १३ बस्ने ४० वर्षीया चांदनी शाह, पुतलीबाजर ६ टक्सार बस्ने ५० वर्षीया सिता कार्की स्थानिय मेडिकलमा उपचार पश्चात घर फर्किएको र सोही ठाँउका ७० वर्षीया भिमा शर्माको स्थानिय मेडीकलमा उपचार भई रहेको प्रहरीले जनाएको छ । बस चालक पुतलीबजार नगरपालिका ४ का ३५ वर्षीय लक्षु बि.क लाई नियन्त्रणमा लिइएको र दुर्घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।





