शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

फुटसल खेल्न रुचाउँछन् स्याङ्जाका युवा

फुटसल खेल्न रुचाउँछन् स्याङ्जाका युवा


  • ढोरपाटन संबाददाता
  • माघ २४ २०७७, शनिबार

स्याङ्जा, २४ माघ – स्याङ्जाका युवमा फुटसलप्रतिको आकर्षण बढेको छ । यहाँका युवाहरुले ठूलो लगानीमा फुटसल कोर्ट निर्माण गर्न थालेका छन् ।

पछिल्लोपटक वालिङ नगरपालिका–१० का सोमबहादुर मल्ल(बिमल), अन्दाज थकाली, वीरेन्द्रध्वज मल्ल र अनिशमान श्रेष्ठले एक करोड रुपैयाँको लागानीमा फुटसल कोर्ट निर्माण गरेका छन् ।

फुटसल कोर्टको शुक्रबार वालिङ नगरपालिकाका नगरप्रमुख दिलिप प्रताप खाँणले उदघाटन गरेका छन् । उनले खेलकुदबाट मासिनलाई स्वास्थ रहन सहयोग पुग्ने बताए । ‘यो खर्च होइन लगानी हो,’ उनले भने, ‘एउटा फुटसल निर्माणले हजारौँ नागरिकलाई स्वस्थ बनाउँछ । ५० शय्याको अस्पताल निर्माण गर्नुभन्दा हजारौँ मानिसलाई रोगबाट जोगाउन यो फुटसलले महत्त्वपूर्ण भूमिका खेल्छ ।’

वालिङमा फुटसल स्थापना भएसँगै फुटबल खेलमा पनि नयाँ युवाहरुको आकर्षण बढ्ने अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य लालबहादुर ज्वारचनले बताए ।

देशका ठूला शहरहरुमा फुटसल नौलो व्यवसाय नभए पनि स्याङ्जामा भने नौलो हो । यसअघि स्याङ्जामै पहिलो फुटसल वालिङ स्पोर्टस सेन्टरले वालिङ–८ मा निर्माण गरिएको थियो । पाँच वर्ष दक्षिण कोरिया बसेर नेपाल फर्केका गणेश सुवेदीले करिब एक करोड रुपैयाँको लागतमा फुटसल सञ्चालनमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->