शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

टाइगर कप भलिबलको तयारी पूरा, हरिले गण्डकी प्रदेशको कप्तानी गर्ने

टाइगर कप भलिबलको तयारी पूरा, हरिले गण्डकी प्रदेशको कप्तानी गर्ने


  • ढोरपाटन सम्वाददाता
  • माघ २५ २०७७, आइतबार
volleyball

पोखरा, २५ माघ– टाइगर ग्रुप अफ पोखराको आयोजनामा हुन लागेको आमन्त्रण राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । माघ २७ गतेदेखि फागुन १ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता आयोजना हुँदैछ ।
राउन्ड रोविनको आधारमा खेलाइने खेलमा पुरुषतर्फ र महिलातर्फ चार–चार टिमको सहभागिता रहने शनिबार आयोजित अन्तिम पत्रकार सम्मेलनमा जनाइयो ।
यस्तै गण्डकी प्रदेशले हरी पाण्डेको कप्तानीमा आफ्नो टोलीको घोषणा गरेको छ । आयोजक टाइगर ग्रुप अफ पोखरा, नेपालले ३ वैकल्पिक सहित १५ सदस्यीय टोलीको घोषणा गरेको प्रतियोगिता संयोजक नविन गुरुङले जानकारी दिए ।
टोलीको ओपन स्पाइकरतर्फ घनश्याम चौधरी (नवलपुर), किरण गुराउ (नवलपुर), इश्वर थापा (स्याङजा) र सञ्जय परियार (पर्वत) छन् । क्विक स्पाइकरतर्फ राजु विक (वागलुङ), याम क्षेत्री (कास्की) र रुपेन्द्र गैरे (पर्वत) छन् ।
त्यस्तै अलराउण्डरतर्फ हरि पाण्डे (स्याङजा) र सन्तोष थापा (स्याङजा) तत्थ सेटरतर्फ सूजन चोखाल (म्याग्दी) तथा ठग वहादुर गुरुङ (स्याङजा) छन् । लिव्रोतर्फ राजन दर्लामी मगर (स्याङजा) छन् । वैकल्पिकमा सफल बिक (कास्की), विवश थापा (कास्की) र मनोज खड्का (कास्की) छन् । प्रशिक्षकमा रमेश केसी छन् ।
आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिदैं अध्यक्ष नारायणप्रसाद शर्माले ग्रुपमा अधिकांश भलिबलसँग सम्बन्धित पदाधिकारी र राष्ट्रिय खेल भलिबल भएकाले पहिलो पटक भलिबल प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘हाम्रो यो पहिलो प्रयास हो । हामीले यो प्रतियोगितालाई निरन्तरता दिनेछौ र आगामी दिनमा अन्य खेललाई समेत समावेश गराउने छौ’ उनले भने । प्रतियोगिताको लागि मञ्च व्यवस्थापन अस्थाई प्यारापिट समेत तयार भइसकेको छ । यस्तै टिकट शुल्कमा भने वृद्धहरुलाई छुट दिइएको छ ।
महिला तर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र न्यु डायमण्ड एकेडेमी । पुरुषतर्फ सशस्त्र प्रहरी बल,त्रिभुवन आर्मी क्ल्ब, नेपाल प्रहरी र गण्डकी प्रदेश रहेका छन् । प्रतियोगिताको विजेताले समान एक लाख ५० हजार । उपविजेताले समान ७५ हजार । तेस्रो हुनेले समान ३५–३५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताको सान्त्वना टिमले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट सर्भर,सेटर,ब्लकर,डिफेन्डर र स्पाइकरले समान ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा पहिलो चरणको खेलका लागि टिकट दर १ सय, तेस्रो स्थानको खेलका लागि १ सय ५० र फाइनल खेलका लागि २ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->