शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मुख्य मन्त्री कप भलिबल सुरु

मुख्य मन्त्री कप भलिबल सुरु

प्रतिकुल मौसमका कारण वाग्लुङ र म्याग्दीको खेल रद्द


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन ५ २०७७, बुधबार

पोखरा, ५ फागुन– गण्डकी प्रदेश स्तरीय मुख्य मन्त्री कप भलिबल प्रतियोगिता पोखरा रंगशाला भलिबल कोर्टमा मंगलबारदेखि सुरु भएको छ ।
कास्की जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत मंगलबार ४ खेल समपन्न भएका छन् ।
महिलातर्फ भएको पहिलो खेलमा म्याग्दीले नवलपुरलाई २–० को सोझो सेटमा हराएको छ । बेष्ट अफ–३ को आधारमा खेलाइएको खेलमा म्याग्दीले नवलपुरलाई २५–५ र २५–१५ को सेटमा हराउँदै पहिलो जित दर्ता गराएको हो । यस्तै महिला तर्फकै दोस्रो खेलमा पर्वतले स्याङ्जालाई २–० कै सोझो सेटमा हराउन सफल भयो । पर्वले २५–१६ र २५–२१ ले हराएको हो । तेस्रो खेलमा भने तनहुँले लम्जुङलाई २–० कै सेटमा हरायो । तनहँुले २५–१४ र २५–६ को फराकिलो सेटमा हराएको हो । यस्तै पुरुषतर्फको खेलमा भने स्याङ्जाले कास्कीलाई २–० कै सोझो सेटमा पाखा लगायो । स्याङ्जाले २५–१९ र २५–१८ को सेटमा हराएको हो ।
प्रतिकुल मौसमका कारण वाग्लुङ र म्याग्दीको खेल रद्द
मंगलबार नै हुन लागेको पुरुषतर्फको दोस्रो अर्थात पहिलो दिनको पाँचौ खेल प्रतिकुल मौसमका कारण स्थगित हुन पुगेको छ । बागलुङ र म्याग्दीबीच उद्घाटन खेल चलिरहँदा अचानक मौसममा बदली भई पानी पर्दा खेल रद्ध गरिएको हो । सो खेल गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले रेफ्रीलाई बल हस्तान्तरण गरी सुरु गरिएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले भलिबलको प्रदेश बनाउन सबै जिल्ला लाग्न आग्रह गरे । प्रतियोगितको सफलताको कामना गर्दै मुख्यमन्त्री गुरुङ मौसम प्रतिकुल रहेको भन्दै बिदा भएका थिए ।
बागलुङ र म्याग्दीबीचका मात्र नभई गोर्खा र नवलपुरबीचको खेल समेत रद्द भएको छ । पोखरामा सोमबारदेखि नै पानी परेको थियो ।
जारी प्रतियोगिता फागुन ८ गतेसम्म चल्नेछ । प्रतियोगितामा गण्डकी प्रदेशको मनाङबाहेक १० वटै जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता हुने महिला तथा पुरुष दुबै टोलीले समान २÷२ दुई लाख रुपैया सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, उपविजेता हुने टिमले १÷१ लाख रुपंँैया तथा तेस्रो हुने टिमले ५० हजार रुपैयाँका साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा फरक फरक पाँचवटा बिधामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले प्रति विधा ५÷५ हजार रुपैयाँका दरले पुरस्कार पाउने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले जानकारी दिए । मंगलबार थिगित खेल बुधबार हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->