शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बाङसिङमा स्वास्थ्य चौकी शिलान्यास

बाङसिङमा स्वास्थ्य चौकी शिलान्यास


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन ६ २०७७, बिहिबार

स्याङ्जा, ६ फागुन– स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ४ बाङसिङमास्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । आँधीखोला गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले बुधबार भवनको शिलान्यास गरेका हुन् । १ करोड ५७ लाखको लागतमा बन्ने स्वास्थ्यचौकी यही आर्थिक वर्षको अन्त्यसम्म सक्ने लक्ष्य राखिएको छ ।
सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष पौडेललेल वडामा स्वास्थ्यकर्मी भएपनि भौतिक पूर्वाधार र उपकरण नुहुँदाको असजिलो अब अन्त्य हुने बताए । आँधीखोला गाउँपालिकाका वडा नं ४ का वडाध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षता सम्पन्न सो कार्यक्रम सम्पन्न भएको सूचना अधिकृत रोशन लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->