स्याङ्जा, १० फागुन– कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले आईतबार स्याङ्जामा दुई सहायक सडकको कालोपत्रे गर्ने कार्यको शिलान्यास गरेकी छन् । मन्त्री अर्यालले वालिङ भुम्रे, डुम्रेभञ्याङ, बानीडाँडा हुवास हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सडक र गल्याङ, पेलाकोट, पिडिखोला, सेतिबेणी सडकको कालोपत्रे गर्ने कार्य शिलान्यास गरेकी हुन् ।
सिद्धार्थ राजमार्गसँग जोडिएका एक दर्जन सहायक भित्रि सडकहरुको कालोपत्रे गर्ने अभियानअन्र्तगत यहाँका आधा दर्जन सडक कालोपत्रे भईसकेको मन्त्री अर्यालले बताइन । सडक कालोपत्रे गर्ने कार्यको शिलान्यास गर्दै मन्त्री अर्यालले विगत ३० वर्षमा हुन नसकेको काम वर्तमान सरकारले गरेको बताइन । उनले भनिन, ‘सरकारले ऐतिहासिक काम गरेको छ । विगत ३० वर्षमा नभएका काम यो सरकारले तीन वर्षमा गरेको छ । इतिहासमा नभएका कामहरु अहिले भएका छन् ।’नेपालले विभिन्न खुड्किलाहरु पार गरेको अन्तरौष्ट्रिय तथ्यांकले देखाएको भन्दै मन्त्री अर्यालले उच्चस्तरीय आर्थिक वृद्धि सरकारको अबको लक्ष्य भएको बताइन ।





