शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

व्यासले दौडायो महिला, ४१ हजार धादिङकी तामाङको पोल्टामा

व्यासले दौडायो महिला, ४१ हजार धादिङकी तामाङको पोल्टामा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०७७, सोमबार

तनहुँ, २४ फागुन– एक सय एघारौँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले प्रथम व्यास नगर महिला खुल्ला हाफ म्याराथन प्रतियोगिता गरेको छ । व्यास नगरपालिका–३ व्यास गुफादेखि व्यास नगरपालिका–११ तनहुँसुरसम्मको २१ किलोमिटरको दूरीमा सोमबार महिला धावक दौडिए ।
५५ जना धावकलाई पछाडी पार्दै धादिङकी रसिला तामाङले हाफ म्यारथनको उपाधि आफ्नो पोल्टामा पारेकी छन् । एक घण्टा ४९ मिनेटमा निर्धारित दुुरी पार तामाङले उपाधि हात पारेकी हुन् । उनले उपाधिसंगै नगद ४१ हजार ७७ रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेकी छिन् ।
एक घण्टा ४९ मिनेट एक सेकण्डमा दुरी पुरा गर्दै खोटाङकी प्रिया राई दोस्रो हुन सफल भईन् । कास्कीकी अनिता राई तेस्रो भईन् । उनले एक घण्टा ५५ मिनेट ३२ सेकेण्डमा दूरी पार गरेको आयोजकले जानकारी दिएको छ । दोस्रो र तेस्रोले क्रमश ः ३१ हजार ७७ रुपैयाँ, २१ हजार ७७ रुपैयाँको साथमा प्रमाणपत्र पाएका छन् ।
कालिकोटकी विशेषता ऐडी, तनहुँ व्यासकी नम्रता गुरुङ, तनहुँ ऋषिङकी सीता रानाभाट, भक्तपुरकी आयुषा श्रेष्ठ र ओखलढुङ्गाकी पदकुमारी सुनुवार सान्त्वना भए । उनीहरुले क्रमशः एक घण्टा ५५ मिनेट ५७ सेकेण्ड, एक घण्टा ५८ मिनेट ४५ सेकेण्ड, दुई घण्टा ३५ सेकेण्ड, दुई घण्टा तीन मिनेट १९ सेकेण्ड र दुई घण्टा आठ मिनेट २८ सेकेण्डमा दुरी पार गरेका थिए । सान्तवना हुने पाँचै जनालाई जनही ११ हजार ७७ रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा ५६ जना महिला धावकको सहभागिता थियो । तीमध्ये १२ जना तनहुँ बाहिरका हुन् । प्रतियोगिताका विजयीलाई महिला धावकलाई गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले पुरस्कार प्रदान गरे ।
हाफ म्याराथन व्यास गुफादेखि सफासडक हुँदै ट्राफिक चोक, भोर्लेटार चोक, पृथ्वी राजमार्गको तालघरे, मुसेखोला, घाँसीकुवा, पराशर मार्गको सेरा, वेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गंगलथोक, पत्यारथोक,चण्डीथान,गद्दीचौतारा हुदै ऐतिहासिक तनहुँसुर दरवारमा पुगेर टुङ्गिएको थियो ।
व्यास नगरपालिकाले मानुङकोटदेखि पुलिमराङसम्म ४४ किलोमिटर दूरीको अल्ट्रा म्याराथन प्रतियोगिता हरेक वर्ष सहिद दिवसको अवसर पारेर गर्दै आएको छ । अल्ट्रा म्याराथन चौथो संस्करण सम्पन्न गर्दा महिला सहभागिताको महत्वलाई बुझेर महिला हाफ म्याराथन आयोजना गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->