
बागलुङ, २४ फागुन– १ सय ११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा जिल्लाका क्रियाशिल महिला संगठनले ¥याली तथा प्रवचन कार्यक्रम गरेका छन् ।
अन्तरपार्टी महिला संजाल र बागलुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सयौं महिलाले अधिकारका नारा समेत लगाएका छन् । उनीहरुले बलात्कारीलाई फाँसी दिनुपर्ने, महिलाको अधिकार कार्यान्वयन हुनुपर्ने, श्रमिक महिलाका समस्या समाधान गर्नुपर्ने र राजनीतिक सँगै आर्थिक सामाजिक अधिकारपनि सुनिश्चित हुनुपर्ने धारणा राखेका छन् ।
बागलुङको बालमन्दिर चोकबाट सुरु भएको ¥यालीले बजार परिक्रमा गरेर सभा समेत आयोजना गरिएको छ । अधिकारकर्मी महिलाले १ सय ११ बर्ष अघि देखि सुरु भएर पनि यो दिवशले सार्थक रुप लिन नसकेको बताए । साथै नेपाली समाजमा अझैपनि महिलालाई हेर्ने दृष्टीकोण बिभेदकारी भएको भन्दै पुरुष सरह अधिकार पाउनकालागि लड्नु परिरहेको बताए ।
नेपालमा अहिले पनि पुरुषको तुलनामा महिला श्रमिकको ज्याजामा बिभेद छ । त्यस्तै घरेलु कामदारको रुपमा रहेका महिला श्रमिकको कामको मूल्यांकन समेत भएको छैन । श्रमिक महिलाको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको अधिकार पनि नपाएको उनीहरुले बताए । त्यस्तै उनीहरुको बालबालिकाको शिक्षाकालागि समेत अबसर नपाएको श्रमिकको गुनासो छ ।











