स्याङ्जा, २५ फागुन– स्याङ्जाको वालिङ ११, स्वरेक टापु भञ्ज्याङ राष्ट्रिय माविमा पाण्डेय परिवारले शैक्षिक सामग्री वितरण गरेको छ ।
स्वर्गीय अमृता पाण्डेयका बुवा,आमा, काका र दाजुभाउजुले छात्रछात्रातर्फ उत्कृष्ट अकं ल्याउने २ विद्यार्थी र जेहेन्दारतर्फ २ विद्यार्थी गरी चारजना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन ।
सवारी दुर्घटनामा परि बहिनी गुमाएपछि दाजु घनश्याम पाण्डेले अक्षकोष निर्माण गरेर बहिनीले पढेको विद्यालयमा प्रत्येक वर्ष४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै आएको जानकारी दिए । यसवर्ष भेषकुमारी उत्कृष्ट पुरस्कामा छात्रतर्फ आयुष गैरे र छात्रातर्फ सदीक्षा विकले प्राप्त गरेका छन् भने जेहेन्दारतर्फ विश्व सेन र गीता कुवँरले प्राप्त गरेका छन् ।





