
तनहुँ, २५ फागुन– आदर्श नमूना क्लबको आयोजनामा सोमबारदेखि नवौ आदर्श तथा चौथो तारा स्मृति कप फुटलब प्रतियोगिता सुरु भएको छ । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीस्थित आदर्शको खेल मैदानमा भएको उद्घाटन खेलमा न्यु स्टार क्लब दमौलीले विजयी सुरुवात गरेको छ । छाङ हटिया म्याग्देलाई ३–१ गोल अन्तरले पराजित गर्दै न्यु स्टार अघिल्लो चरणमा प्रवेश गरेको हो ।
दोस्रो खेलमा नवदिप बैरेनी विजयी भयो । छाङ गैह्रा म्याग्दे र नवदिपबीच भएको खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरबाट नवदिप २–१ गोल अन्तरले विजयी हो ।
प्रतियोगितामा २६ टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । फागुन २९ गतेुसम्म चल्ने प्रतियोगिताका विजेताले नगद एक लाख एक रुपैयाँ र उपविजेताले नगद ५० हजार एक रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले उद्घाटन गरेका हुन् ।





