शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

डिफेन्ङि च्याम्पियन टि वर्गर र मिया सान मिया फाइनलमा

डिफेन्ङि च्याम्पियन टि वर्गर र मिया सान मिया फाइनलमा


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन २८ २०७७, शुक्रबार

पोखरा, २९–फागुन डिफेन्डिङ च्याम्पियन टि वर्गर ललितपुर भेट्रान बगर भाइखलक एट ए साइड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखराको टुडिँखेल मैदानमा जारी चौथौँ स्व. रन्जित गुरुङ स्मृति तथा दशौँ बगर भाइखलक एट ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा नवलपरासी भेट्रानलाई टाइब्रेकरमा २–१ गोलले हराउँदै टि वर्गर उपाधी नजिक पुगेको हो । उपाधी दावेदार समेत रहेको टि वर्गरले अन्तन्तै प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा जितका लागि टाइब्रेकरको सहायता लिन प¥यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । खेलको म्यान अफ दी म्याच टि वर्गरका गोलरक्षक संजय ठाकुर घोषित भए । यस्तै शुक्रवार नै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मिया सान मिया भेट्रानले मनाङ मस्र्याङ्दी भेट्रानलाई टाइब्रेकरमै २–० ले हराउँदै फाइनलमा टि वर्गरसंगको भेट पक्का गरेको हो । निर्धारित समयको खेल गोररहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । खेलको म्यान अफ दी म्याच मिया सान मियाका गोलररक्षक संजिव खड्की घोषित भए । प्रतियोगिताको फाइनल खेल शनिवार (भोली) १ बजे हुने छ । सेमिफाइनलबाट बाहिरीएका टिमले समान १०–१० हजार रुपैँया प्राप्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->