शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भेट्रानमा टि वर्गर र मिया सान मियाँ फाइनलमा

भेट्रानमा टि वर्गर र मिया सान मियाँ फाइनलमा


  • ढोरपाटन संबाददाता
  • फाल्गुन २९ २०७७, शनिबार

पोखरा, २९ फागुन- गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ (दिपक मनाङे) को टिम मनाङ मस्र्याङदी बगर भाइखलक भेट्रान एट ए साइड फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।
पोखराको टुडिँखेल मैदानमा जारी चौथौँ स्वर्गीय रन्जित गुरुङ स्मृति तथा दशौँ बगर भाइखलक एट ए साइड फुटबल प्रतियोगिताको अत्यन्तै प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा मिया सान मियासँग टाइब्रेकरमा २–० को हार व्यहोर्दै मनाङ मस्र्याङदी बाहिरिएको हो । मनाङलाई हराउँदै मिया सान मियाले फाइनलमा टि वर्गर ललितपुरसँगको भेट पक्का गरेको छ ।
शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन टि वर्गर ललितपुरले नवलपरासी भेट्रानलाई टाइब्रेकरमा २–१ गोलले हराउँदै फाइनल प्रवेश गरेको हो । उपाधि दावेदार रहेको टि वर्गरले अन्तन्तै प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा जितका लागि टाइब्रेकरको सहायता लिनु प¥यो । सेमिफाइनलबाट बाहिरिएको मनाङ मस्र्याङ्दी र नवलपरासीले समान १०–१० हजार रुपैँया प्राप्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->