शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

शुक्लागण्डकीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु

शुक्लागण्डकीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु


  • ढोरपाटन संबाददाता
  • फाल्गुन २९ २०७७, शनिबार

तनहुँ, २९ फागुन– शुक्लागण्डकी नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतितयोगिता सुरु भएको छ । शुक्रबारदेखी गाउँफर्कोदय मावी ढोरफिर्दीमा प्रतियोगिता सुरु भएको हो ।
स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ आयोजित शुक्लागण्डकी नगरपालिकाका विद्यालयस्तरिय प्रतियोगिताको मेयर किसान गुरुङले उद्घाटन गरे । उनले शारिरीक, मानसिक र आर्थिक रुपमा खेलकुदले सम्पन्न गराउने बताए । विद्यालय तहबाट विद्यार्थीलाई खेलकुदमा समावेश गर्न सके भबिष्यमा देशको नाम राख्ने खेलाडी उत्पादन हुने उनको भनाई छ ।
उपमेयर सविता रसाईलीले स्वास्थ्यका लागी खेलकुद आवश्यक रहेको बताईन् । गाउँफर्कोदय मावीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी, गाउँफर्कोदय मावीका शिक्षक कृष्णप्रसाद भट्टराई लगायतले बोलेका थिए ।
शुक्रबार नौ ईभेन्ट सम्पन्न भएको छ । पञ्चमुनीदेव मावी दुलेगौँडा अगाडी रहेको छ । पञ्चमुनीले ३ स्वर्ण, २ रजत र ३ कास्य पदक हात पारेको छ । हंशवाहिनी मावी एक्लेखेतले २ स्वर्ण, ३ रजत र १ कास्य पदक हात पारेको छ । नेपाल पुलिस स्कुल बेलचौताराले १÷१ स्वर्ण, रजत र कास्य पदक जितेको छ ।
अरनिको मावी भोटेपानी, दिवस मावी उदेनढुंगा, महेन्द्र मावी हटिया भुस्नापुरले १÷१ स्वर्ण हात पार्न सफल भए ।
सुर्योदय बोर्डिङ स्कुल भुरुङ्गे, तालबेंसी मावी घारी, खैरेनी मावी खैरेनीटारले १÷१ रजत पदक जितेका छन् । छब्दी मावीले २ कास्य, सुर्योदय र तालबेंसीले १÷१ कास्य हात पार्न सफल भए ।
शुक्रबार १५ सय मिटर छात्र छात्रा दौड, ४ सय मिटर छात्र छात्रा दौड, ४×१०० छात्रछात्रा रिले दौड, छात्र छात्रा ज्याभलिन थ्रो, छात्र सर्टफुट सम्पन्न भएको छ ।
आईतबार सम्म चल्ने प्रतियोगितामा नगरपालिकाका १९ सामुदायिक तथा निजी विद्यालयले सहभागिता जनाएको प्रतियोगिताका सुचना अधिकारी रोशन हमाल ठकुरीले जानकारी दिए ।
उनका अनुसार शनिबार छात्र छात्रा हाईजम्प, लङजम्प, ट्रिपलजम्प, सर्टफुट, १ सय मिटर, २ सय मिटर, ८ मिटर दौड, छात्र भलिबलको फाईनल, रिले दौड लगायतका इभेन्ट हुनेछन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->