तनहुँ, १ चैत– नवौ आदर्श तथा चौथो तारा स्मृति कप सेभेन ए साईड फुटबलको उपाधि थर्पु युवा क्लब ‘ए’ ले उचालेको छ । शनिबार भएको फाईनल खेलमा दोभान फुटबल क्लब भादगाँउलाई ट्राईबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै थर्पुले उपाधि कब्जा गरेको हो ।
खेलको पहिलो मिनेटमै थर्पुका समिर प्रधानले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि पाएका केहि अवसरमा थर्पु चुक्यो ।
दोभानले थर्पुलाई निकै दबाबमा राखेपनि पहिलो हाफमा गोल गर्न सकेन । दोश्रो हाफको १३ मिनेटमा दोभानका कान्छा गुरुङले गोल गर्दै खेललाई बराबरिमा पु¥याएका थिए । त्यसपछि निकै आक्रमक खेलेको दोभानका खेलाडिले थप गोल गर्न सकेनन । निर्धारित समयमा १–१ को बराबरीमा खेल सकिएपछि ट्राईबेकरमा धकेलिएको थियो ।
थर्पुले उपाधिसंगै नगद एक लाख एक रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता दोभानले ५० हजार एक रुपैयाँमा चित्त बुझाएको छ ।
शनिबार नै भएको पहिलो सेमिफाईनल खेलमा थर्पु ‘बि’ लाई ५–० गोल अन्तरले पाखा लगाउदै फाईनल यात्रा तय गरेको थियो । दोस्रो सेमिफाईनलमा थर्पु ‘ए’ ले इगल फुटबल क्बललाई २–१ गोल अन्तरले पराजित गर्दै दोभानसंगको फाईनल भिडन्त पक्का गरेको हो ।
थर्पु ‘ए’ ले इगल फुटबल क्लबलाई २–१ अन्तरले पाखा लगाउदै फाईनल यात्रा तय गरेको थियो । दोभानले
फाईनल खेलको म्यान अफ दि म्याच थर्पुका सरोज तामाङ घोषित भए । सर्वोत्कृष्ट खेलाडी थर्पुका मनिष क्षेत्री, उत्कृष्ट डिफेन्डर दोभानका बिमल राना, उत्कृष्ट गोल रक्षक थर्पुका रोमन थापा मगर, सर्वाधिक गोलकर्ता दोभानका दिपक थापा घोषित भए ।
विजेता समुह तथा खेलाडीलाई म्याग्दे गाउँपालिका प्रमुख मायादेवी, आदर्श नमुना युवा क्लबका अध्यक्ष गौरवराजा रानाले पुरस्कार वितरण गरे । आदर्श नमुना युवा क्लब म्याग्दे–४ मनहरीको आयोजनामा गत २४ गते सुरु प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले गरेका थिए । फाईनलको दिनमा कांग्रेस नेता तथा पुर्व अर्थमन्त्री रामशरण महत आएका थिए ।





