शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पञ्चमुनीदेवलाई रनिङशिल्ड

पञ्चमुनीदेवलाई रनिङशिल्ड


  • ढोरपाटन सम्वाददाता
  • चैत्र २ २०७७, सोमबार

तनहुँ, २ चैत– शुक्लागण्डकी नगरपालिकाले गरेको तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा पञ्चमुनीदेव मावि दुलेगौँडा उत्कृष्ट बनेको छ । प्रतियोगितामा कुल २० पदक हात पार्दै पञ्चमुनीदेव उत्कृष्ट बनेको हो ।
पञ्चमुनीले १० स्वर्ण, ३ रजत र ७ कास्य पदक हात पारेको थियो । रनिङशिल्डसहित पञ्चमुनीले १५ हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाणत्र प्राप्त ग¥यो ।
१३ पदकसहित साविक विजेता हंशवाहिनी मावि एक्लेखेत दोस्रो स्थान हासिल गर्न सफल भयो । हंशवाहिनीले ५ स्वर्ण, ५ रजत र ३ कास्य पदक प्राप्त गर्दै दोस्रो स्थान ओगटेको हो ।
२ स्वर्ण, ७ रजत र ३ कास्य गरी कुल १२ पदक जितेको तालबेसी मावि घारी तेस्रो भएको छ । दोस्रो र तेस्रोले क्रमश नगद ११ हजार २ सय ५० रुपैयाँ, ७ हजार ५ सय रुपैयाँको साथमा प्रमाणपत्र पाए । प्रतियोगितामा कुल २७ खेल भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->