शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

शुभकामना कप अब गोल्डकप

शुभकामना कप अब गोल्डकप


  • विजय नेपाली
  • चैत्र ५ २०७७, बिहिबार

पोखरा, ५ चैत– फुटबल खेलको विकासमा क्रियाशिल क्लबमध्ये पोखरा–२६ हेम्जा युनाइटेड पनि एक हो । फुटबल खेललाई अघि बढाउँदै क्लबले वर्षेनी फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको थियो । क्लबले आयोजना गरेको प्रतियोगिताको छैटौँ संस्करणमा आइपुग्दा भने गोल्डकपमा परिणत भएको छ । पाचौँ संस्करणसम्मको प्रतियोगिता सम्पन्न गरिरहँदा गण्डकी प्रदेशभित्रका विभिन्न प्रदेशस्तरीय क्लबहरु बिच प्रतिस्पर्धा गरेपनि क्लबले अब भने ए डिभिजनका क्लबहरु समेत सहभागि गराउने भएको छ । क्लबले गोल्डकपका लागि अखिल नेपाल फुटबल संघ एन्फामा निवेदन गरेको थियो । सोही निवेदनलाई स्वीकृत गर्दै क्लबले आगामी जेठको पहिलो साताको मिति पाएको छ । गतवर्ष कोरोना भाइरस महामारीको कारण प्रतियोगिता स्थगित गरिएको थियो । जेठ १ गते देखि ८ गतेसम्म हुने प्रतियोगितामा आयोजकसहित ए डिभिजन र वि डिभिजनका क्लबहरुको सहभागिता रहने हेमजा युनाइटेडका अध्यक्ष इन्द्र कुवँरले जानकारी दिए । प्रतियोगितामा ८ टिमको सहभागिता रहने उनले बताए ।
एन्फाले गोल्डकपको स्वीकृत दिएसँगै शुभकामना कपबाट गोल्डकपमा परिणत भएको गण्डकी प्रदेश फुटबल संघका प्रवक्ता रमेश केसीले जानकारी दिए । स्वीकृतिसँगै एन्फाले प्रतियोगिता हुनुभन्दा १० दिन अघि प्रतियोगिताको नियमावली र खेल तालिका उपलब्ध गराउनुपर्ने छ । यस्तै प्रतियोगिता सम्पन्नपश्चात सचिवालयमा प्रतिवेदन बुझाउनुपर्ने निर्देशनसहित स्विकृत गरेको कार्कीले बताए । स्वीकृति पत्रमा ‘शुभकामना गोल्डकप फुटबल प्रतियोगिता २०७७÷०७८ को संचालनार्थ आवस्यक स्वीकृतिको माग भएबमोजिम मिति २०७८ जेठ १ गतेदेखि ८ गतेसम्म प्रतियोगिता संचालन गर्नका लागि आवश्यक स्वीकृति प्रदान गरिएको छ ।’
योसँगै हेम्जा युनाइटेडले प्रतियोगिताकोस्तरमा समेत फड्को मारेको छ । पोखरामा आयोजना हुने चर्चित आहा ! रारा गोल्डकप, मनकामना गोल्डकप पछि अब शुभकामना गोल्डप थपिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->