शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरा क्रिकेट एकेडेमीलाई उपाधि

पोखरा क्रिकेट एकेडेमीलाई उपाधि


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ५ २०७७, बिहिबार

पोखरा, ५ चैत– पोखरा क्रिकेट एकेडेमीको आयोजनामा सञ्चालित इण्डो नेपाल कन्चन क्यापिटल कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक पोखरा क्रिकेट एकेडेमीले जितेको छ ।
पोखरा रंगशालामा बुधबार भएको फाइनल खेलमा पोखरा क्रिकेट एकेडेमीले सरगुजा क्रिकेट एकेडेमी भारतलाई २० रनले पराजित गर्दै उपाधि आफनो नाममा लेखाएको हो ।
टस जितेर व्याटिङ गरेको पोखरा क्रिकेट एकेडेमीले १४६ रनको लक्ष्य तयार गरेको थियो ।
१४७ रनको जितको लक्ष्य पछ्याएको सरगुजा भने १२० रनमै समेटियो ।
भारतका तीन र पोखराको १ गरी चारवटा एकेडेमीले उपाधिको लागि प्रतिष्पर्धा गरेका थिए । प्रतियोगितालाई मुख्य प्रायोजन गरेको कन्चन क्यापिटलका प्रबन्ध निर्देशक विमलमान गुभाजूले ट्रफी प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->