शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एन्फा र मेडिसिटी बिच सम्झौता

एन्फा र मेडिसिटी बिच सम्झौता


  • ढोरपाटन
  • चैत्र ८ २०७७, आइतबार

पोखरा, ८ चैत–अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल मेडिसिटीसँग मेडिकल सम्झौता भएको छ । एन्फाका मेडिकल कमिटीका अध्यक्ष निरोज खड्गी र मेडिसिटीका महाप्रबन्धक विजय रिमालले दशरथ रंगशालामा सम्झौतामा हस्ताक्ष गरेका हुन ।
मेडिसिटी र एन्फा बिच एक वर्षका लागि सम्झौता भएको हो । सम्झौता अनुसार अस्पतालले खेलाडीको स्वास्थ्यलाई ध्यानमा राखी दक्ष चिकित्सक, फिजियोथेरापिष्ट र उच्चस्तरीय उपकरण सहितको स्पोर्टस् मेडिसिन सेवा प्रदान गर्नेछ ।
अस्पतालले राष्ट्रिय टिमका खेलाडी तथा ’ए’, ’बी’ र ’सी’ डिभिजन लिग खेल्ने खेलाडीको बीमा गर्नेछ । राष्ट्रिय टिम र ’ए’ डिभिजनका खेलाडीको ५ लाखको तथा ’बी’ र ’सी’ डिभिजन लिग खेल्ने खेलाडीको ३ लाखको बिमा हुनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->