शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

शुक्लागण्डकी मेयर कप सुरु

शुक्लागण्डकी मेयर कप सुरु

शुक्लागण्डकीसंगै, मादी, हरिनास र बौदीकालीको विजयी सुरुवात ।


  • ढोरपाटन सम्वाददाता
  • चैत्र १४ २०७७, शनिबार

तनहुँ, १४ चैत– शुक्लागण्डकी नगरपालिकाको आयोजनामा प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार सुरु गण्डकी प्रदेश अन्तर्गतका पालिकास्तरिय पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन चार खेल भयो ।
गाउँफर्कोदय मावीको खेलमैदान ढोरफिर्दीमा भएको खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ सहित कास्कीको मादी गाउँपालिका, स्याङजाको हरिनास गाउँपालिका र नवलपुरको बौदिकाली गाउँपालिकाले विजयी सुरुवात गरेका छन् ।
पहिलो खेलमा कास्कीको मादी गाउँपालिकाले आयोजक शुक्लागण्डकी ‘बि’ लाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । मादीले शुक्लागण्डकी ‘बि’ लाई २–० को सोझो सेटमा पाखा लगाउदै दोस्रो चरणको यात्रा तय गरेको हो । मादीले पहिलो सेटमा २५–१७ मा हराउदा दोस्रो सेटमा पनि २५–१७ मै हरायो ।
दोस्रो खेलमा शुक्लगण्डकी ‘ए’ ले देवघाट गाउँपालिकालाई २–० को सोझो सेटमा पराजित गरेको छ । निकै कमजोर प्रर्दशन गरेको देवघाटले पहिलो सेटमा २५–११ र दोस्रो सेटमा २५–२७ को स्कोरमा पराजय भोग्यो ।
तेस्रो खेलामा स्याङजाको हरिनास गाउँपालिकाले निकै कमजोर सावित भएको व्यास नगरपालिकालाई २५–११, २५–१४ को सोझो सेटमा पाखा लगायो ।
अन्तिम खेलमा नवलपुरको बौदीकाली गाउँपालिका विजयी भएको छ । म्याग्दे गाउँपालिकालाई बौदीकालीले २५–१३, २५–२३ को नतिजा हासिल गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो ।
प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मेयर कप सञ्चालन तथा व्यस्थापन समिति संयोजक एवम शुक्लागण्डकी–५ का वडाध्यक्ष दिर्घबहादुर थापाले जानकारी दिए । उनका अनुसार दोस्रो हुनेले एक लाख, तेस्रोले ५० हजार र सान्त्वनाले २५ हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बेष्ट स्पाईकर, सेन्टर सर्वर, ब्लकर, डिफेन्डरले जनही पाँच हजार रुपैयाँ हात पार्नेछन् ।
शनिबार पहिलो चरणको बाँकी तीन खेल हुनेछ । बाग्लुङको गल्कोट नगरपालिका र स्याङजाको कालीगण्डकी गाउँपालिका, तनहुँको ऋषिङ गाउँपालिका र भिमाद नगरपालिका, कास्कीको पोखरा महानगरपालिका र तनहुँको घिरिङ गाउँपालिका भिड्नेछन् । स्याङजाको पुतलीबजार नगरपालिका भने बाई पाएर सिधै दोस्रो चरणको यात्रा प्रवेश गरीसकेको छ । आईतबारसम्म चल्ने प्रतियोगितामा १५ समुहले सहभागीता जनाएका छन् ।
शुक्रबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य युवा नेता प्रदिप पौडेलले प्रतियोगिताको उद्घाटन गरे । उनले भलिबलमा महिला पुरुष दुवैलाई समावेशी तरिकाले खेलाउनुपर्ने बताए । उनले खेलकुदको विकासका लागि प्राथमिकता निर्धारण गर्नुपर्ने आवश्यकता औल्याए । नेता पौडेलले अगाडी भने, ‘ समाजमा भावनात्मक सम्बन्ध विकास गर्न खेलकुदको भुमिका रहन्छ ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->