शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

थ्रि नेसन्सकप : नेपाल फाइनलमा

थ्रि नेसन्सकप : नेपाल फाइनलमा


  • विजय नेपाली
  • चैत्र १४ २०७७, शनिबार

पोखरा, १४ चैत–घरेलु मैदानमा जारी थ्रि नेसन्स कपको फाइनलमा नेपाल प्रवेश गरेको छ । शनिवार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसंग गोलरहित बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको हो । राउन्ड रोविन लिगको आधारमा खेलाइएको खेलमा दुई खेलबाट २ अकंका साथ समुह उपविजेता बन्दै नेपाल फाइनल प्रवेश गरको हो । बंगलादेश ४ अंक सहित शिर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो । किर्गिस्तान यु–२३ टिम लिग चरणमा १ अंक मात्र जोड्न सफल रह्यो । किर्गिस्तान बंगलादेशसँग पराजित हुदा नेपालसँग गोलरहित बराबरी खेलेको थियो ।
खेलको २१औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा अन्जन विष्टको फ्रि हेडर पोस्टको माथिबाट बाहिरिदा नेपाल गोल गर्नबाट चुक्यो । २४औं मिनेटमा त्रिदेव गुरुङको प्रहारले पोस्टको दिशा लिन सकेन । बंगलादेशले खेलको ३७ औं मिनेटमा फ्रिकिकबाट आएको बललाई हेड गरेपनि रोहित चन्दले बचाउ गरे । ८२औं मिनेटमा दिनेश राजवंशीको थ्रोइन बलमा दर्शन गुरुङको हेडर क्रसबारमा लागेर बाहिरिदा नेपाल गोल गर्नबाट चुक्यो । खेलका म्यान अफ दी म्याच नेपालका डिफेन्डर रोहित चन्द घोषित हुदैँ २५० अमेरिकी डलर प्राप्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->