शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

महामारीबीच आहा रारा गोल्डकप

महामारीबीच आहा रारा गोल्डकप

उद्घाटन खेलमा आयोजक सहारा र एपिएफ भिड्दै ।


  • विजय नेपाली
  • चैत्र २० २०७७, शुक्रबार

पोखरा, २० चैत– मोफसलकै सबैभन्दा लोकप्रिय फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको १९ औं संस्करण चैत २१ गतेबाट सुरु हुँदैछ । क्याराभान कपदेखि सुरु भएको आहा रारा गोल्डकप हिलाम्मे मैदानदेखि सुविधासम्पन्न पोखरा रंगशालासम्म आइपुग्दा लामो इतिहास पार गरिसकेको छ ।
२०५८ मा क्याराभान गोल्ड कपका नामबाट सुरु भएको यस कप ०५९ देखि सालदेखि लगातार आहा रारा गोल्ड कपको नाममा आयोजना हुँदै आएको हो । गत वर्ष कोरोना महामारीका कारण धेरै फुटबल प्रतियोगिता रद्द हुन पुगेका थिए । तर, त्यसबीचमा पनि आहा रारा गोल्डकपको १८ औं संस्करण पूरा भएको थियो । संयोगवश प्रतियोगिताको अन्त्यसँगै सरकारले लकडाउन घोषणा गरेको थियो ।
चैत २१ गते देखि १९ औं संस्करणको आहा रारा गोल्ड कपका लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक सहारा क्लबले जानकारी दिएको छ । बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्बल अध्यक्ष केशव थापाले सहाराले प्रतिकुलतालाई समेत अनुकुलतामा बदल्दै प्रतियोगिताहरु आयोजना गर्दै आएको बताए ।
कोरोना महामारीको दोस्रो लहर आउने चर्चा चलिरहँदा सरकारले पुनः भिडभाडजन्य क्रियाकलाप नगर्न आग्रह गरिसकेको छ । देशैभरिका आइसोलेसन र क्वारेन्टिनलाई तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेकै अवस्थामा १९ औं संस्करणको आहा रारा गोल्डकप सञ्चालन हुँदैछ ।
यसअघिका प्रतियोगितामा १२ टिमको सहभागी हुन गर्दैथे । तर, कोरोना मत्थर नभइसकेकै कारण यस वर्ष ८ टिमको मात्र सहभागी हुनेछन् । अध्यक्ष थापाले भने स्वास्थ्य मापदण्ड अपनाएर प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिरहेको बताए ।
गत वर्ष पुरस्कार राशीमा वृद्धि गर्दै १० लाख रुपैयाँ पु¥याइएको थियो भने यो वर्ष विधागत उत्कृष्ट तर्फ १० हजार रुपैँयाका दरले वृद्धि गरिएको छ । यो प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रुपैयाँ, उप विजेताले नगद ५ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले अप्रिला स्कुटर, सुर्यबहादुर मेमोरियल उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले ट्रफिको साथमा नगद २५÷२५ हजार रुपैँया प्राप्त गर्नेछन् ।
यो वर्ष प्रतियोगिता ७ दिनमात्र सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक सहारा क्लब पोखरासहित डिफेन्डिङ च्याम्पियन नेपाल आयल निगम मनाङ मस्र्याङदी क्लब, एपिएफ क्लब, मछिन्द्र क्लब, संकटा क्लब, रुसलान थ्रिस्टार क्लब, नेपाल पुलिस क्लब र पाहुना टोली अफ्रिकन रुट एसोसिएसन, डाउला क्यामरुनको सहभागी छन् । प्रतियोगिता चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब पोखरा र एपिएफ क्लबबीच हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->