शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संकटसामु झुक्यो मनाङ मस्र्याङ्दी

संकटसामु झुक्यो मनाङ मस्र्याङ्दी


  • विजय नेपाली
  • चैत्र २४ २०७७, मंगलबार

पोखरा, २४ चैत– डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबलाई संकटा क्लबले आहा ! रारा गोल्डकपमा पहिलोपटक हराउन सफल भएको छ । मनाङको १९ औँ आहा ! रारा कपमा उपाधि रक्षा गर्ने लक्ष्यमा संकटा संकट बनेको छ । आहा ! रारामा चौथौँ पटकको भेटमा संकटाले मनाङलाई हराउन सफल रह्यो ।
पोखरा रंगशाला फुटबल मैदानमा जारी प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा संकटाले मनाङलाई १–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि आहा रारामा २ पटक क्वाटरफाइनल र १ पटक सेमिफाइनलमा मनाङले संकटालाई हराएको थियो । तर चौथौँ भेटमा भने संकटाले विदेशी खेलाडी फोफो माको गोलसँगै जित हात पा¥यो ।
प्रतिस्पर्धात्मक खेलमा पाएको अवसरको सदुपयोग गर्न नसक्दा मनाङ हार व्यहोर्न बाध्य भएको हो । खेलको ४५ औँ मिनेटमा फोफो माले गरेको गोल नै निर्णायक बन्न पुग्यो । फोफो मा खेलको म्यान अफ दी म्याचसमेत घोषित भए । सुवास गुरुङको क्रसमा सेकेन्डबार च्याप्दै फोफोले उत्कृष्ट प्रहार गर्दै बललाई जाली चुमाए । खेल सुरु भएको दोस्रो मिनेटमै अन्जन विष्टको पासमा एकराज बुढाथोकीले गोलगर्ने सुवर्ण अवसर खेर फाले । उनको प्रहार संकटाका डिफेन्डर सुवास गुरुङले विफल पारीदिए । २३ आंै मिनेटमा संकटाका फोफोको प्रहार आकासिन पुग्दा अग्रता लिन सकेन । २७ आंै मिनेटमा मनाङका गोलरक्षक विशाल सुनारको लामो पासमा अञ्जन केही हतारिन पुगे । बल रोक्दै प्रहार गर्नुपर्ने स्थितिमा सोझै फितलो प्रहार गर्नखोज्दा उनी विफल भए । ४२ आंै मिनेटमा मनाङले पाएको अवसरमा संकटाका गोलरक्षक राजा बाबू थापा बाधक बने । निशान लिम्बुले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् । अञ्जन विष्टले दिएको पासमा एरिक विष्टले वान टच पास फेरि अञ्जनलाइ दिँदा अन्जनले निशानलाई पास दिएका थिए । पहिलो हाफमा १ गोलले पछि परेको मनाङले दोस्रो हाफमा भने त्यति राम्रो खेल प्रदर्शन गर्न सकेन । ५० आंै मिनेटमा फोफो मा को पासमा सुवाष गुरुङको उत्कृष्ट प्रहारलाई मनाङका गोलरक्षक विशाल सुनारले विफल पारिदिए । ५३ आंै मिनेटमा फ्रिकिकको अवसर पाएपनि मनाङले सदुपयोग भने गर्न सकेन । परिवर्तित खेलाडी प्रकाश बुढाथोकीले पाएको अवसर खेर फाले ।
यस्तै ६४ आंै मिनेटमा संकटाका कप्तान सरोज दाहालले हेडर बाहिरीदाँ अग्रता दोब्बर बनाउने अवसर खेर गयो । सुवासको फ्रिकिक प्रहारमा उत्कृष्ट हेडर गरेका थिए । ७० आंै मिनेटमा ग्लोरीले बल अघि बढाउँदै गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ८३ औं मिनेटमा रञ्जन विष्टको उत्कृष्ट प्रहारमा पोष्ट बाधक बन्न पुग्यो । सो बलमा मनाङका अन्य खेलाडी उपस्थित नहुँदा गोलको अवसर खेर गयो । रञ्जनको प्रहारमा रिबाउन्ड भएको बल संकटाका डिफेन्डरले बचाउ गरे । खेलमा थप गरिएको अतिरिक्त समयमा रञ्जनले करिब १० यार्डबाट गरेको प्रहारलाई गोलरक्षक राजाबाबुले पन्च गर्दै टोलीको संकट टारे ।
जितपश्चात संकटाका प्रशिक्षक सल्यान खड्गीले टिम वर्कको कारण जीत हात पारको प्रतिक्रिया दिए । ‘हाम्रो टिम वर्क गेम थियो । खेलाडीले जिम्मेवारी पूरा गरे’,उनको भनाई थियो । एपिएफविरुद्धको खेलमा थप सुधार गर्ने उनले बताए । मनाङका प्रशिक्षक सुमन श्रेष्ठले आफुहरुले परीक्षणको रुपमा खेल खेलेको प्रतिक्रिया दिए । ‘हामीले यो ट्राइलको रुपमा खेलेका हौँ । हामीले पहिला विदेशी खेलाडी राखेका थियाँै तर, अहिले स्वदेशी खेलाडी मात्र खेलाउँदा यस्तो भयो’,उनले भने । उनले खेलाडीले राम्रो खेल खेलेको बताए । डिफेन्डिङ च्याम्पियन भएकाले जित्नै पर्ने दबाब भएपनि अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोरेको उनको भनाइ थियो ।

८ आंै पटक थ्रिस्टार र पुलिस आम्नेसाम्ने – बक्समा राख्ने
रुस्लान थ्रिस्टार र नेपाल पुलिस क्लब १९ औ आहा ! रारा कपमा मंगलबार भिड्दै छन् । यी टिम आहा ! रारामा निकै चीरपरिचित प्रतिद्धन्द्धी हुन । थ्रिस्टार र पुलिस हालसम्म ७ पटक भिडिसकेका छन् । हेड टु हेडको आधारमा थ्रिस्टारमाथि पुलिसको दबदबा कायमै छ । पुलिसले ४ पटक हराइसकेको छ भने थ्रिस्टारले ३ पटक मात्र हराएको छ ।
यस्तै पुलिसले आहा ! राराको उपाधि ६ पटक उचालेको छ । थ्रिस्टारको नाममा ५ पटक उपाधि उचालेको इतिहास छ । ८ औं पटक आम्नेसाम्ने हुन लागेका यी दुई टिमबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने भएपनि पुलिसलाई केही सहज हुने आंकलन गरिएको छ । रुस्लान थ्रिस्टार हेटौँडामा सोमबार मात्रै बागमती गोल्डकपको उपाधि उचालेर पोखरा आएको छ । लगातारको खेलसँंगै लामो यात्रा गर्दा थ्रिस्टारका खेलाडी थाकेको अनुमान छ । खेलाडीले २४ घण्टाको आरामसमेत पाउने स्थिति छैन । तर, पुलिसका खेलाडीले भने राम्रै आराम पाइरहेका छन् । उपाधि चुमेको थ्रिस्टारले पनि सोही उर्जाले खेल खेल्ने देखिन्छ भने पुलिससँगको ४ पटकको हारको बदला लिने ध्याउन्नमा थ्रिस्टार हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->