शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संकटा आहा ! राराको फाइनलमा

संकटा आहा ! राराको फाइनलमा


  • विजय नेपाली
  • चैत्र २६ २०७७, बिहिबार

पोखरा, २६ चैत– संकटा क्लब पहिलोपटक आहा ! रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशाला फुटबल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय क्लब एपीएफलाई २–० ले हराउँदै संकटा क्लब १९ औं संस्करणमा फाइनलको यात्रा तय गरेको हो ।
संकटाको जितमा सुवास गुरुङ र विदेशी खेलाडी ग्लोरीले एक–एक गोल गरे । खेलको ३३ औं मिनेटमा ग्लोरीको पासलाई सदुपयोग गर्दै सुवासले संकटालाई अग्रता दिलाए । उनले नेराज बस्नेतको लामो फ्रिकिकलाई सुवास गुरुङले गोल गर्दै अग्रता दिलाएका हुन् । पहिलो हाफकै ४१ औं मिनेटमा संकटाले महत्वपूर्ण अवसरलाई गुमायो । सुवास गुरुङले दिएको पासमा एपीएफका गोलकिपर अघि बढिसकेको अवस्थामा ग्लोरे विट गरेपनि गोल गर्नबाट चुके । एपीएफका डिफेन्ण्डर विश्व उदासले क्लियर गरिदिए ।

खेलको ७३ औं मिनेटमा फोफोनाको लङ एयर बललाई दिपेश आलेमगरले हेड गरे । तर उनको हेडर क्रसबारमाथिबाट बाहिरिन पुग्यो । ८९ औं मिनेटमा डिबक्स लाईन नजिकैपाएको फ्रिकिकलाई संकटाका सुवास गुरुङले बाहिर फाले । खेलको ९० औं मिनेटमा आशिष राईको पासमा ग्लोरीले गोल गर्दै जित सुनिश्चित बनाए ।
संकटाले पहिलोपटक फाइनल यात्रा तय गर्दा एपिएफ चाहिँ फेरि एकपटक अभागी देखियो । एपिएफले आहा रारामा उपविजेतासम्मको यात्रा मात्र तय गर्न सकेको छ । संकटाका प्रशिक्षक सल्यानी खडगीले खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको प्रतिक्रिया दिए । ‘पाएको अवसरको सदुपयोग गर्दा जित हात पार्न सकियो’, उनले भने । एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भएको बताए । प्रतियोगिताअन्तर्गत बिहीबार दोस्रो सेमिफाइनल खेल पाहुना टोली अफ्रिकन रुट एशोसिएसन क्यामरुन र नेपाल पुलिसबीच हुनेछ । यसअघि मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->