शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोनाबाट २ को मृत्यु, एकैदिन ३५ संक्रमित थपिए

कोरोनाबाट २ को मृत्यु, एकैदिन ३५ संक्रमित थपिए


  • ढोरपाटन सम्वाददाता
  • चैत्र ३१ २०७७, मंगलबार

पोखरा, ३१ चैत– गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट सोमबार २ जनाको मृत्यु भएको छ । तनहुँ र कास्कीका एक–एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । ती पुरुषमा यही चैत २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कास्कीको पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको पनि चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उनमा चैत २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७ जना पुगेको छ ।
गण्डकीमा सोमबारमात्रै ३५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै गण्डकीमा सोमबारसम्म १६ हजार ९ सय ३३ जना कोरोना संक्रमित थपिएका भने ३३ जना संक्रमित निको भए ।
सोमबार नेपालभर एकैदिन १३ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारमात्रै नयाँ संक्रमितको संख्या ५ सय नाघेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->