आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रो–३५ वुमन्स क्रिकेट सिरिज : पोखरा क्रिकेट क्लबको १–० को अग्रता

प्रो–३५ वुमन्स क्रिकेट सिरिज : पोखरा क्रिकेट क्लबको १–० को अग्रता


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ४ २०७८, शनिबार

पोखरा, ४ बैशाख– पोखरा क्रिकेट क्लबले अल्फ त्रिकेट एकेडेमीलाई २२ रनले पराजित गर्दै २ खेलको श्रृंखला १–० ले अग्रता लिएको छ । मैत्रीपूर्ण सिरिजको दोस्रो खेल शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा हुने छ ।
पोखरा क्रिकेट क्लबको आयोजना भएको प्रो–३५ वुमन्स क्रिकेट प्रतियोगितामा घरेलु टोलीले टस जित्दै ब्याटिङमा उत्रिएको थियो । ३० ओभरको खेलमा पोखरा क्रिकेट क्लबले १७० रन बनाउने क्रममा सात विकेट गुमायो ।
१७१ रनको लक्ष्य पछ्याएको अल्फा क्रिकेट एकेडेमी भने १४८ रनमा समेटिन पुग्यो । मदिरा व्यवसायी संघ कास्कीका अध्यक्ष डिल्लाराम पनेरुले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
प्रतियोगितामा विजयी हुने टिमले ट्रफीसहित प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ भने उपविजेतालाई प्रमाणपत्र प्रदान गरिने छ । दुई खेलमा म्यान अफ द म्याच र सर्वोत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->