आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रियललाई हराउँदै चेल्सी च्याम्पीयन्स लिगको फाइनलमा

रियललाई हराउँदै चेल्सी च्याम्पीयन्स लिगको फाइनलमा


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०७८, बिहिबार

पोखरा, २३ वैशाख–युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल मड्रिडलाई हराउँदै इंग्लिस क्लब चेल्सी फाइनलमा प्रवेश गरेको छ । बुधवार राती भएको खेलमा रियललाई २–० गोलले हराउँदै चेल्सी फाइनल प्रवेश गरेको हो । चेल्सीले समग्रमा ३–१ ले हराउँदै फाइनल प्रवेश गरेको हो ।
चेल्सीको जितमा टिमो वेर्नर र मेसन माउन्टले गोल गरे । खेलको २९ औ मिनेटमा वेर्नरले गोलगर्दै पहिलो हाफमा १–० को अग्रता लियो । अन्त्यन्तै प्रतिस्पर्धात्मक खेलको अन्तिम समयतिर माउन्टले गोल गर्दै जित सहज गरेको हो । यस अघि म्यान्चेस्टर सिटीले पिएसजीलाई ४–१ ले हराउँदै फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल जेठ १५ गते हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->