
स्याङ्जा,२४ वैशाख– पुतलीबजार नगरपालिकाले २० बेडको आइसोलेसन वार्ड तयार गरेको छ ।
नगरप्रमुख सीमाकुमारी क्षेत्रीले करेन्डाँडामा स्वास्थ्य चौकीमा २० बेडको आइसोलेसन वार्ड तयार पारिएको र गणेशपुर स्वास्थ्य चौकीमा २० बेडको आइसोलेसन वार्ड बनाउने काम भइरहेको जानकारी दिइन । संक्रमितको संख्या बढ्दै जादा बेडको अभावमा उपचारमा समस्या नहोस भनेर नगरपालिका संरचनाको निर्माण कार्यमा जुटिरहेको नगरप्रमु क्षेत्रीको भनाइरहेको छ ।
धरमपानीका १९ जनामा संक्रमण, गाउँ नै शिल
वालिङ,२३ वैशाख– वालिङमा कोरोनाको दोस्रो भेरियन्टको संक्रमण समुदायमा फैलिएको । गह्रौ प्राथामिक अस्पताल वालिङमा गरिएको एन्टिजिन परीक्षणमा वालिङ नगरपालिका १, धरमपानी गाउँका १९ जनामा संक्रमित पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा ५ पुरुष र १४ महिला छन् । वडा नम्बर १ का वडाध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेका अनुसार एउटै गाउँमा १९ जनालाई संक्रमण पुष्टि भएपछि गाउँलाई नै शिल गरिएको छ । गाउँबाट अन्यत्र जान र आउन नपाइने निर्णय भएको छ । संक्रमण पुष्टि हुनेहरुलाई होम आइसोलेसनमा राखिएको छ । गाउँमा ठुलो संख्यामा संक्रमित रहेपछि नगरप्रमुख दिलिपप्रताप खाँण, उपप्रमुख कल्पना तिवारीसहित स्वास्थ्यकर्मी गाउँमै पुगेर आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको वडा अध्यक्ष काफ्लेले बताए ।





