पोखरा,२८ वैशाख – नेपालमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज फुटबल लिग खुकुरी नेपाल सुपर लिगमा आज उपाधी दावेदार दुई टिम बिच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुदैँछ ।
काठमाण्डौँ दशरथ रंगशालामा जारी सुपरलिगको शीर्ष दुई टिम धनगढी सिटी र काठमाण्डौँ रेजर्स बिच आज फाइनल प्रवेशका भिड्ने भएका हुन । खेल साझँ ५ः३० बजे हुनेछ । उक्त खेलमा हार व्यहोरेको खण्डमा अर्को एक खेलको अवसर पाउने छ ।
प्ले अफमा उत्कृष्ट पुनरागमन गरेको काठमाण्डौँले धनगढी संग लिग चरणको ३—० को हारको बदला लिदैँ फाइनल प्रवेश गर्ने रणनितीमा हुनेछ । भने धनगढी पुनः जितलाई निरन्तरता दिदैँ फाइनल प्रवेश गर्ने रणनितीमा हुनेछ ।





