पोखरा, ३१ वैशाख— अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) विश्व क्रिकेटमा लचकदार बन्न लागेको देखिएको छ । आइसिसीले टि२० विश्वकपमा सहभागि हुने राष्ट्रको संख्यामा वृद्धि गर्ने विषयमा छलफल गरिरहेको छ । यद्यपी थप्ने वा नथप्ने भन्ने विषय भने टुङ्गो लागि सकेको छैन । १६ टिमको मात्र सहभागिता रहदैँ आएको टि२० विश्वकप क्रिकेटमा सहभागि राष्ट्रको संख्यामा वृद्धि गर्नका लागि छलफल थालेको हो । आइसिसीले सन् २०२४ देखि २० राष्ट्रको सहभागिता गराउने देखिएको छ । यस्तै एकदिवसीय विश्वकपमा १० राष्ट्रबाट १४ राष्ट्र बनाउने हो की भन्ने विषयमा समेत छलफल चलिरहेको छ । त्यतिमात्र होइन आइसिसीले ओलम्पिकमा समेत सहभागिता जनाउनेमा सकरात्मक देखिएको छ ।





