आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रदेश खेलकुदको लोगो सार्वजनिक

प्रदेश खेलकुदको लोगो सार्वजनिक


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ २ २०७८, आइतबार

पोखरा, २ जेठ– प्रदेश खेलकुद परिषद गण्डकीले आफ्नो लोगो सार्वजनिक सँगै रणनितिक कार्य योजना तय गरेको छ ।
शनिबार सार्वजनिक गरिएको लोगोमा नेपालको राष्ट्रिय झण्डा, प्रदेशको भौगोलिक नक्सा, प्रतिकात्मक टर्च लिएर दौडिएका खेलाडी, माछापुच्छ«े हिमाल र फेवाताल, शान्ति र समृद्धिको प्रतिक निलो तथा सेतो रंगसँगै ओलम्पिक रिङको प्रतिकात्मक संकेतलाई एकाकार गरी प्रदेश खेलकुद परिषदको लोगो परिकल्पना गरिएको छ ।
उक्त लोगो निर्माणका लागि प्रदेश खेलकुद परिषदले परिषदका सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा तिन सदस्यिय समिति गठन गरेको थियो । जसको सदस्यमा केशव पाठक र निर्मला बराल रहेका थिए ।
प्रदेश खेलकुदका सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुदको ‘भिजन’, ‘मिसन’, ‘भ्यालुज’ र ‘मोतो’ सहित ४ वटा रणनीतिक आधारहरु तय गरेको बताए । प्रदेश खेलकुदले सार्वजनिक गरेको मिसनमा उत्कृष्ट जीवनशैली, खेल सबैको नैसर्गिक अधिकार, सुशासन, विश्वस्तरको पूर्वाधार र स्रोत परिचालनलाई मुलभूतरुपमा अघि सारेको गुरुङले बताए ।
उनले १३ औं दक्षिण एशियाली खेलकुद (साग) र ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदकधारी खेलाडीहरुको नामावली संकलन थालिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->