काठमाण्डौ, ५ जेठ– नेपालमा थप ८ हजार १७३ जनामा कोरोनाभाइरस सङ्क्रमण र २४६ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा एकै दिन पुष्टि गरिएको यो सर्वाधिक सङ्ख्यामा मृत्यु हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधवार अपराह्ण प्रस्तुत गरेको तथ्याङ्कमा विगत २४ घण्टामा पनि काठमाण्डौ उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम घटेको छैन् ।





