आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

म्यारोडोनाको मृत्यु लापरवाहीको कारण भन्दै ७ स्वास्थ्यकर्मीलाई मुद्धा

म्यारोडोनाको मृत्यु लापरवाहीको कारण भन्दै ७ स्वास्थ्यकर्मीलाई मुद्धा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ७ २०७८, शुक्रबार

पोखरा, ७ जेठ– अर्जेन्टिनी फुटबलर विश्व फुटबल सुपरस्टार डिएगो म्यारोडोनाको मृत्यु लापरवाहिको कारण भएको भन्दै ७ जना स्वास्थ्यकर्मी माथि मुद्धा लागेको छ । म्यारोडोनाको परिवारले उनको हेरचाहमा खटिएका स्वास्थ्यकर्मीको लापरवाहीको कारण मृत्यु भएको आरोप लगाएका थिए । म्यारोडोको मृत्यु भएको ६ महिना पश्चात उनीहरुमाथि मुद्धा लगाएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा एक अर्का स्वास्थ्यकर्मी विच छुट्टाछुट्टै सोधपुछ गर्ने क्रममा अभिव्यक्ति बाझिएपछि रहस्य देखिएको थियो । ६० वर्षको उमेरमा गत अघिल्लो मंसिरमा उनको मृत्यु भएको थियो । आरोप खेप्नेमा नोभेम्वरमा म्यारोडोनाको शल्यक्रि गरेका डाक्टर लेओपोल्दो लुकुए देखि उनको घरमा काम गर्ने नर्ससम्म रहेका छन् । मृत्युको आरोपमा पक्राउन पर्नेमा म्यारोडोनाको औषधीको जिम्मेवारी लिएका मनोचिकित्सक अगुस्तिना कोसाचोभ, कार्लोस डियाज, नर्स दहियाना जिसेला म्याडिड्र, रिकार्डो अल्मिरोन र मरियानो पेरोनी रहेका छन् । म्यारोडानाको कप्तानीमा रहेको अर्जेन्टिनाले सन् १९८६ को विश्वकप फुटबल जितेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->