शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एकैदिन साढे ७ हजारभन्दा बढीले जिते कोरोना

एकैदिन साढे ७ हजारभन्दा बढीले जिते कोरोना


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०७८, आइतबार
तस्बिरः सटरस्टक ।

काठमाण्डौ, ९ जेठ– नेपालमा बितेको २४ घन्टामा एकैदिन ७ हजार भन्दा बढीले कोरोना भाइरसलाई जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ७ हजार ६६४ जना कोरोनामुक्त भएका छन् ।
योसँगै संक्रमणमुक्त हुनेको दर ७६.३ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै यो अवधिमा ७ हजार ९१४ जना संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर परीक्षणमा ७ हजार ५९८ र ९३१ एन्टिजेन परीक्षण गर्दा ३१६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै यो अवधिमा कोरोनाबाट थप १९३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->