आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लालिगामा सुआरेजकै गोल

लालिगामा सुआरेजकै गोल


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ १० २०७८, सोमबार

पोखरा, १० जेठ– बार्सिलोनाले आफ्नो टिमबाट लुइस सुआरेजलाई निकाल्यो । कारण थियो,सुआरेजको फितलो प्रदर्शन । तर, तिनै सुआरेजले एटलेटिको मड्रिडलाई ला लिगा च्याम्पियन बनाए । शनिबार राति भएको खेलमा सुआरेजले १–१ को बराबरीमा पुगेको खेलमा थप एक गोल गर्दै जितमात्र दिलाएनन् टिमलाई ला लिगाको जारी सिजनको उपाधि पनि दिलाए । एटलेटिको मड्रिडले रियल भालाडोलिडलाइ २–१ ले नै हराउँदा अंक तालिकामा रियलभन्दा २ अंक बढी जोड्यो ।
रियल मड्रिडले भिल्लारियललाई २–१ ले हरायो । ला लिगाको उपाधि होडमा रहेको रियलले जित हात पारेपनि च्याम्पियन बन्न भने सकेन । डिफेन्डिङ च्याम्पियन रियलभन्दा अंकमा अग्रता लिदैँ लिगको शीर्ष स्थानमा रहेको एट्लेटिकोले जारी सिजन उपाधिसँगै अन्त्य गर्ने भएको छ । एटलेटिकोले ७ वर्षपछि बल्ल उपाधि उचालेको हो । सर्वाधिक विजेता रियलले हालसम्म ३४ औ पटक उपाधि उचालेको छ । एटलेटिकोले भने यो ११ औ पटक उपाधि चुमेको छ । यस अघि २०१३÷२०१४ सिजन उचालेको थियो ।

सुआरेजले रुदैँ भने : बार्सिलोनाले मेरो मोल गरेन
बार्सिलोनाले सुआरेजलाई आश्चर्यजनक तरिकाले एट्लेटिको मड्रिडमा निःशुल्क स्थानान्तरण गराएको थियो । जुन निर्णय बार्सिलोनाको लागि नै घातक बन्न पुग्यो । शनिबार एट्लेटिको र रियल भालाडोलिडबीचको खेलको अन्त्यमा जे दृष्य देखियो, त्यो फुटबलमा बिर्सनलायक क्षण थियो । एट्लेटिको मड्रिडलाई ला लिगा उपाधि प्रदान गर्न उनले सिजनको २१ औ गोल गरेपछि आँशु रोक्न सकेनन् । बार्सिलोनाको त्यो कदम निकै नै रोमाञ्चक बन्न पुग्यो । उनले रुदैँ भने, ‘बारियाले (बार्सिलोनाले) मेरो मोल गरेन र एटलेटिकोले मेरो लागि ढोका खोलिदियो,’ उनले भने,‘ममा भरोसा राख्नुभएकोमा म यो क्लबप्रति सधैँ आभारी छु ।मलाइ पक्का छ मेसी मेरो साथीको रुपमा खुसी छ । यो एउटा गाह्रो अवस्था थियो जुन मैले (बार्सिलोनाद्धारा) मेरो व्यवहार गरेको कारणले अनुभव गर्नुप¥यो ।’ अन्य सहकर्मीहरु जितको खुशीयाली मनाइरहँदा सुआरेज भने मोवाइलमा लालिगा अंक तालिका हेर्दै आँशु झार्दै थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->