पोखरा, १९ जेठ– नेपालले भोलिबाट विश्व कप छनोट तथा एशियन कप छनोट अन्तर्ग बाकीँ रहेका खेल खेल्दै छ । कोरोना भाइरसका कारण घरेलु मैदानमा हुने भनिएको खेल न्युट्रल भेन्युमा खेलाइँदै छ । खेल नेपाली समय अनुसार राती ९ः४५ बजे हुनेछ ।
खेल पुर्व गरिएको भर्चुअल सम्मेलनमा बोल्दै नेपालका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले जीतका लागि खेल खेल्ने बताएका छन् । उनले चाइनिज ताइपेइ विरुद्ध धैर्य गर्दै कडा टक्कर दिने बताए । मौसम फरक रहेकाले नेपाललाइ मात्र नभइ विपक्षीलाई समेत खेल्न निकै गाह्रो हुने बताए । ‘कुवेतको मौसममा खेल्न सजिलो छैन र यो हामी दुवैलाई थाहा हुँदै गइरहेको छ,’ ‘हामीले इराक विरुद्धको मैत्रीपूर्ण खेलबाट धेरै सकरात्मक पक्ष प्राप्त गरेका छौं जुन कुरा ताइपेइ विरुद्ध जितका लागि लागाउने छौं । हामी एएफसी एशियाली कप क्वालिफायरमा रहेका हाम्रो अवसरका लागि चौथो स्थान प्राप्त गर्न चाहान्छांै त्यसका लागि हामीले भोलिको खेलमा जीत निकाल्नु पर्नेछ ।’ ताइपेइमा समेत नयाँ खेलाडी रहेको र प्रशिक्षकले पनि पहिलो खेल खेलाउने जिम्मा पाएकाले खेल निकै संघषपूर्ण हुने उनले बताए ।





