आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

विश्वकप छनोट : नेपालको निर्णायक खेल आज

विश्वकप छनोट : नेपालको निर्णायक खेल आज


  • विजय नेपाली
  • जेष्ठ २४ २०७८, सोमबार

पोखरा, २४ जेठ– फिफा विश्वकप छनोट २०२२ र एसियन कप छनोट २०२३ का लागि सोमबार हुने खेलले नेपालको छनोट चरण निर्धारण गर्नेछ । विश्वकप छनोटमा रहेको नेपालले सोमबार कुवेतको जाबर अल अहमद अन्तराष्ट्रिय रंगशलामा राति ९ः४५ बजे खेल्दैछ । नेपाललाई विश्वकप छनोटका लागि यो खेल जित्नैपर्ने दबाब छ ।
विश्वकप छनोटअन्तर्गत नेपालको कुल ६ खेलबाट ६ अंक रहँदा जोर्डनको भने १० अंक छ । यो खेल जितेमा नेपालको ९ अंक हुनेछ भने बराबरीमा रोकिएमा ७ अंक रहने छ । जुन अर्को चरणमा प्रवेश गर्नका लागि पर्याप्त हुने छैन ।
नेपालले आठौं अर्थात् अन्तिम छनोट खेल निकै बलियो राष्ट्र अष्टे«लियासँग खेल्दैछ । त्यसकारण पनि जित आवश्यक देखिन्छ । एसियन छनोटका लागि समेत यी २ मध्ये एक टिमलाई जित्नैपर्ने दबाब छ । अंक तालिकामा ६ अंक जोडेको नेपाल कम्तिमा चौंथो स्थानमा रहने पक्का हुँदा समूह एचमा रहेको उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएपछि उक्त स्थान निर्धारण गर्दा समूहको अन्तिममा रहेको टोलीसँगको नतिजा गणना हुने छैन । जसको प्रतिफल नेपालले भोग्नु परेको छ ।
चिनियाँ ताइपेईलाई हराए पनि नेपालको अंक गणना हुने छैन । चौंथो स्थानमा रहने टोलीहरुको तालिकाको पुछारमा रहेको नेपालले अब हुने २ खेल मध्ये एक खेल जित्नै पर्ने समीकरण छ । तर, जित भने सहज छैन । जोर्डन नेपालभन्दा फिफा वारियतामा ७६ स्थान माथि छ ।
नेपाल पहिलो खेलमा जोर्डनसँग ३–० ले पराजित भएको थियो । अष्टे«लिया भने नेपाल भन्दा १ सय ३० स्थान माथि छ । नेपालले जोर्डनलाई जिते ९ अंक बटुल्दै एसियन कप २०२३ का लागि सोझै छनोट हुनेछ । यस अघि कुवेतमै भएको छैटौं खेलमा चिनियाँ ताइपेईलाई २–० ले हराएको थियो ।
जोर्डनलाई जित्नै पर्छ हामी : प्रशिक्षक अल्मुताइरी
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले एसियन कप छनोटका लागि भएपनि जोर्डन माथि जित हासिल गर्नैपर्ने बताएका छन् । उनले टोली विश्वकप तथा एशियन छनोट अन्तर्गत जोर्डनसँग खेल्नका लागि तयार भएको बताएका छन् ।
‘जोर्डन नेपाल भन्दा राम्रो छ । तर हामी पनि खेल जित्ने लक्ष्यसहित मैदानमा हुनेछौं,’ उनले भने, ‘धेरैले हामीलाई जोर्डनविरुद्ध कुनै अवसर नभएको अन्डरडग भनेका छन् । तर, हरेक खेल ०–० मा सुरु हुन्छ र परिणाम मैदानमा गरिने प्रदर्शनमा निर्भर गर्दछ ।’
उता जोर्डनका मुख्य प्रशिक्षकले समेत नेपालको खेलमा निकै परिवर्तन आएको बताएको छ । जोर्डनका मुख्य प्रशिक्षक भितल बोर्केलेन्सले नेपालविरुद्धको खेल निकै महत्वपूर्ण खेल रहेको बताए । उनले खेलाडीले निकै परिश्रम गरिहेकाले पनि अंक लिने अपेक्षा गरेको बताए । नेपालले मैत्रीपूर्ण खेल र चिनियाँ ताइपेईविरुद्धको खेलले आफुहरुलाई समस्या पर्न सक्ने बताए । ‘मैले नेपाललाई चिनियाँ ताइपेई र इराकविरुद्ध खेलेको देखेको छु र तिनीहरुको गुणस्तर र खेल प्रणाली परिवर्तन भएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->