आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेपालमाथि जोर्डनको सहज जीत

नेपालमाथि जोर्डनको सहज जीत


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०७८, मंगलबार

पोखरा, २५ जेठ–विश्वकप तथा एशियन कप छनोटमा नेपाल जोर्डनसं ३–० ले पराजित भएको छ । सोमबार राती भएको खेलमा नेपालमाथि जोर्डनले सहज जीत निकालेको हो । जोडर्नको जीतमा बाहा फैसल सेफले २ तथा याजान अलअरबले १ गोल गरे । पहिलो हाफ १–० ले पछि परेको नेपालले दोस्रो हाफमा भने २ गोल खान पुगको थियो । जीतसंगै जोर्डनको ६ खेलबाट १३ अंक रहँदै दोस्रो स्थानमा उक्लिएको छ । नेपाल भने ७ खेलबाट ६ अंक सहित समुहको चौथो स्थानमा रहेको छ । सोमबारै भएको सोहि समूहको अर्को खेलमा अष्टे«लियाले चाइनिज ताइपेईलाई हराउँदै तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ । अष्टे«लियाको ६ खेलबाट १८ अंक रहेको छ । हारसंगै नेपालको विश्वकप छनोटको सम्भावना भने सकिएको छ । तर एशियन कपका लागि भने सम्भावना कायमै रहेको छ । नेपालले अब एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउन अष्टे«लियासंगको खेलमा जीत हासिल गर्नैपर्ने हुन्छ । जुन त्यति सजिलो भने देखिदैँन् । हार व्यहोरेपनि नेपालले प्लेअफबाट छनोटका लागि स्थान बनाउन सक्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->