पोखरा, २७ जेठ–नेपाली पुरुष राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विश्व कप तथा एशियन कप छनोट अन्तर्गतको अन्तिम खेलमा नतिजाका लागि भन्दा पनि प्रदर्सनमा ध्यान दिने बताएका छन् । समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रवार बलियो प्रतिद्धन्द्धी अष्टे«लियाको सामना गर्दैछ । खेल अघि गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्य प्रशिक्षक अल्मुताइरीले नेपालको लक्ष्य राम्रो प्रदर्सन गर्ने रहेको बताए । ‘नतिजा भन्दापनि राम्रो खेल खेल्ने लक्ष्य हुनेछ ।’उनले भने,‘ नेपालको अहिलेसम्मको इतिहासलाई हेर्दा लामो पास खेल्ने चलन थियो । त्यसमा परिवर्तन भएको छ । हामीले खेल शैलीमा केहि परिवर्तन गरिरहेका छौ, जस्को नतिजा देखिदैँ गएको छ ।’ उनले नेपाली फुटबलको भविष्य निकै राम्रो रहेको प्रतिक्रिया दिए । उनले नेपालको फुटबलमा आगामी दिनमा निकै परिवर्तन देख्न सकिने बताए । उनले साफ च्याम्पियनसिप अबको तयारी रहको जानकारी दिए । अष्टे«लिया बलियो प्रतिद्धन्द्धी भएपनि आक्रमक फुटबल खेल्ने रणनीति रहेको उनको भनाइ थियो । उनले अष्ट्रेलिया विरुद्ध नयाँ खेलाडीलाई मैदान उतार्ने संकेट गरे । ‘युवा खेलाडीलाई पनि डेब्युको अवसर हुन सक्छ । कमल,सुरज र आयुषले सिनियर टोलीबाट डेब्यु गरेका छैनन् । उनीहरुले डेब्यु गर्दै जानुपर्छ ।’
नेपाल सातौ खेलमा जोर्डनसंग ३–० ले हार व्यहोरेसंगै नेपालको विश्व कप छनोटको यात्रा समाप्त भएको थियो । यद्यपी अन्तिम खेलले एशियन कप छनोटका लागि भने प्रभाव पार्नेछ । अष्टे«लियालाई जिते एशियन कपका लागि सोझै छनोट हुनेछ । हार व्यहोरेका खण्डमा भने प्लेअफ खेल्नुपर्ने हुनेछ ।





