आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

युरोकप: बराबरीमा रोकियो स्पेन

युरोकप: बराबरीमा रोकियो स्पेन


  • ढोरपाटन संवाददाता
  • असार १ २०७८, मंगलबार

पोखरा,१ असार– युरोकप अन्तर्गत समूह ई को खेलमा स्पेन स्वीडेनसंग गोल रहित बराबरीमा रोकिएको छ । सोमबार राती भएको खेलमा स्पेनले पाएको अवसरको सदुपयोग गर्न नसक्दा बराबरीमै रोकिन बाध्य भएको हो । स्पेनले खेल सुरुभएको केहि क्षणमै गोल गर्ने २ सुवर्ण अवसर खेर फाल्यो । मिडफिल्डर कोकेले उक्त अवसरको सदुपयोग गर्न सकेनन् ।

खेलको २३ औ मिनेटमा पाएको अवसरमा समेत उनले गोल गर्न सकेनन् । ३९ औ मिनेटमा जोर्डी अल्बाले दिएको पासमा मोराटा गोल गर्न बाट चुके । पहिलो हाफ बराबरीमै रोकेपनि स्पेनले दोस्रो हाफमा समेत खेलमा सुधार गर्न सकेन । सुरुवात देखि नै स्वीडेनमाथि हावि भएको स्पेनको स्ट्राइक लाइन कम्जोर देखियो । यस्तै खेलको ६१ औ मिनेटमा स्वीडेल गोल गर्नबाट चुक्यो । मार्कस बर्गले पाएको अवसरको सदुपयोग गर्न सकेनन् । बराबरीसंगै दुवै टोलीले अंक बाडेका छन् । सोमबार नै भएको अन्य खेलमा स्लोभाकियाले पोल्यान्डलाई २–१, चेज रिपब्लीकले स्कटल्यान्डलाई २–० ले हराएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->