आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोपा अमेरिका: अर्जेन्टिना र चिलीको बराबरी

कोपा अमेरिका: अर्जेन्टिना र चिलीको बराबरी


  • ढोरपाटन संवाददाता
  • असार १ २०७८, मंगलबार

पोखरा,१ असार–कोपा अमेरिका २०२१ मा अर्जेन्टिना र चिली १–१ को बराबरीमा रोकिएको छ । सोमबार राती भएको खेलमा अर्जेन्टिनाले अग्रता जोगाउन नसक्दा अंक बाड्न बाध्य भएको हो ।
खेलको १६ औ मिनेटमा खेलको ३३ औ मिनेटमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । करिब २० यार्डबाट गरेको प्रहार चिलीका गोलरक्षक ब्राभोको हातमा लाग्दै जाली चुमेको थियो । पहिलो १ गोलले पछि परेको चिलीले कम्ब्याक गर्दै खेल बराबरीमा ल्यायो । ५७ औ मिनेटमा एड्आर्डो भागार्सले गोल गर्दै बराबरी बनाए । निकोलस टाग्लियाफिकोले आर्टरो भिडाललाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि चिलीले पेनाल्टीको अवसर पाएको थियो । उक्त पेनाल्टी आर्टरो भिडालले प्रहार गरेका थिए । उनको प्रहार अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले बचाउ गरेपनि रिवाउन्ड भएको बलर्मो भागार्सले गोल गरेका थिए । खेलको ८० औ मिनेटमा अर्जेन्टिनाका निको गोन्जालेजको प्रहार पोष्ट नजिकैबाट बाहिरीयो । यस्तै सोमबार नै भएको अर्को खेलमा पाराग्वेले बोलिभियालाई ३–१ गोलले हराउन सफल भयो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->