आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

युरोकप :पोर्चुगलको सहज जीत

युरोकप :पोर्चुगलको सहज जीत


  • ढोरपाटन संवाददाता
  • असार २ २०७८, बुधबार

पोखरा,२ असार–युरोकपमा मंगलबार पोर्चुगलले सहज जित निकालेको छ । हंगेरीलाई ३–० ले हराउँदै पोर्चुगलले सहज जीत निकालेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको अन्त्यमा हंगेरी सम्हालिन नसक्दा हार व्यहोरेको हो । पोर्चुगलले खेलको अन्तिम समयमा लगातार ३ गोल गरेको हो । खेलको ३० औ मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो गोल गर्नबाट चुके । यस्तै खेलको ४३ औ मिनेटमा पुन गोल गर्ने अवसर पाएपनि खेर फाले । ८० औ मिनेटमा हंगेरीको गोल अफसाइड रह्यो । जाबोलाक्स सोनले गोल गरे पनि असिस्टेन्ट रेफ्रीले अफसाइड दिए । खेलको ८४ औ मिनेटमा पोर्चुगलका लागि राफाएल गुरेरोले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार गोलमा पििरणत भएको थियो ।

त्यसको २ मिनेट वित्न नपाउँदै पोर्चुगलले अर्को गोल ग¥यो । विलि ओर्बानले राफा सिल्भालाइ पेनाल्टी क्षेत्रभित्र लडाएपछि पोर्चुगलले पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।

उक्त पेनाल्टीमा कप्तान रोनाल्डोले गोल गरे । यस्तै खेलको इन्ज्युरी समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे ।


यस्तै सोहि समूहको अर्को खेलमा फ्रान्सले जर्मनीलाइ १–० को झिनो अन्तरलले हराएको छ । जर्मनले आत्मघाती गोल गर्दा हार व्यहार्न बाध्य भएको हो । जर्मनीका डिफेन्डर म्याट्स हमल्सले आत्मघाती गोल गर्न पुगेका थिए । खेलको २० औ मिनेटमा नै जर्मनीले आत्मघाती गोल गरेको थियो । जुन जर्मनीका लागि दुर्भाग्य बन्न पुग्यो ।

त्यसको २ मिनेट वित्न नपाउँदै बराबी गर्ने अवसर खेर फाल्यो । जर्मनीका थोमस मुलरको प्रहार बाहिरीयो । ३८ औ मिनेटमा अर्को अवसर खेर फाल्दा फ्रान्सलाई राहत मिल्यो । जर्मनीका इल्काए गुन्डोगनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार बाहिरीयो । ५२ औ मिनेटमा फ्रान्सका एड्रिएन राबीओटले वान भर्सेस वानको स्थितिमा गरेको प्रहार पोष्टमा लाग्दै बाहिरीयो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->