पोखरा,३ असार–इटाली युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ । युरो कप अन्तर्गत बुधवार राती भएको खेलमा स्विट्जरल्याण्डलाई ३–० ले हराउँदै अन्तिम १६ मा आफ्नोे स्थान सुरक्षित गरेको हो । इटालीको जीतमा म्यानुएल लोकाटेलीले २ तथा चिरो इम्मोबिलेले १ गोल गरे । खेलको २६ औ मिनेटमा म्यानुएल लोकाटेलीले गोल गर्दै अग्रता दिलाए । खेलको ५२ औ मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गरे । २६ औ मिनेटमा गोलरक्षक जियानलइजी डोनारुम्माले स्टिभन जुबरको प्रहारलाई विफल ८९ औ मिनेटमा एम्मोविलेले गोल गर्दै टोलीको अग्रता तेब्बर पारे । जीतसंगै इटाली समूह ए को शीर्ष स्थानमा रहँदै दोस्रो चरणमा प्रवेश गरेको हो । इटालीको २ खेलबाट ६ अंक रहेको छ । यस्तै वेल्सको २ खेलबाट ४ अंक सहित दोस्रो स्थानमा रहेको छ भने स्विट्जरल्यान्डको १ अंक रहेको छ भने टर्की अंक विहिन छ ।





