बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गर्मीमा डेंगी हुनसक्ने संभावना र सावधानी

गर्मीमा डेंगी हुनसक्ने संभावना र सावधानी


  • कृष्ण कुमार सैजु
  • असार ४ २०७८, शुक्रबार

अहिले विश्व कोभिड–१९ को दोस्रो चरणको चरम महामारीमा छ । पहिलो महामारीले नराम्रोसंग असर पुर्याएको भएपनि उक्त महामारीबाट पाठ सिकी दोस्रो महामारीलाई लक्षित गर्दै पुर्व तयारी नगरेको कारण दोस्रो चरणको महामारीले हामी सम्पूर्ण नेपालीहरूको लागि अत्यन्तै कठिन परिस्थिती सिर्जना ग¥यो। एकातिर कोरोना महामारीको समस्याले सताइरहेको छ तर अर्कोतिर मनसुनको सुरूवातमै अत्याधिक बर्षाको कारण हिमाल, पहाड तराई जताततै बाढी, पहिरो र डुबानको कारण नेपाली जनजिवन अत्यन्तै कष्टकर बन्दै गइरहेको छ । कोरोना महामारी र प्राकृतिक विपत्ति यसरी अपत्यारिलो रूपमा आइपर्नुमा हामी सम्पुर्ण पृथ्वीबासीहरू नै जिम्मेवार छौँ । यो कोरोना कहर र प्रकृतिक विपत्ति यतिकै रोकिने सम्भावना भने छैन । अझै सशक्त र वर्तमान र भुतको भन्दा कयौँ गुणा बढी क्षति पु¥याउने हुन सक्छ । त्यसैले हामी प्राकृतिक विपत्तिहरू आइप¥यो भन्दैमा हतोत्साहित हुने होइन, वर्तमान अवस्थालाई मध्यनजर गर्दै निकट भविस्यमा आइपर्ने यो भन्दा ठुलो समस्या र महामारीकै प्रतिकारको लागी पूर्वतयारीमा लाग्नु पर्छ । समस्याबाट भागेर हाोइन समस्यासंग डटेर, बुद्धिमतापूर्वक प्रतिकार गरेर मात्र पार पाइन्छ । जसले जे भनेपनि कोरोना भाइरसबाट बच्ने सबैभन्दा सरल, सहज, सस्तो र भरपर्दो माध्याम भनेको सामाजिक दूरी कायाम गर्ने र सतर्कतापुर्वक दैनिक कार्य सम्पादन गर्ने हो । बाढी पहिरोजस्ता समस्याबाट बच्न समयमै संभावित घटनाको आंकलन गरी उचित व्यवस्थापन हुनु नै अहिलेको आवस्यकता हो ।
विश्वले विकासको क्षेत्रमा ठुलो फड्को मारेको भएपनि सोही विकासको कारणले भइरहेको प्रदुषण नियण्त्रण र फोहोर व्यवस्थापनमा भने धेरै देशहरू पछाडी नै छन् । जसको उपहार स्वरूप पृथ्वीबासीले बेला बेलामा विभिन्न भाईरस तथा विविध आर्थिक घाटा र क्षतिको सामना गर्न बाध्य छन् । कहिले बर्डफ्लु, कहिले स्वाइन फ्लु, कहिले ईबोला, झाडापखाला, मलेरिया र कहिले डेंगीजस्ता समस्याबाट बेला बेलामा ठूजो जनधनको क्षति बेहोर्नु पर्छ ।
गर्मी बढेसंगै अत्याधिक रूपमा वर्षात् पनि भइरहेको छ । जस्ले गर्दा बस्ती, घर तथा विभिन्न ठाउँमा रहेको सडेगलेको फोहोर र पनि जम्ने खाडलहरूमा डेंगी र मलेरियाका बिजारोपन भइरको हुनसक्छ । गर्मी यामको शुरुवातसंगै ठाँउ ठाँउमा हरेक वर्ष जस्तै यस वर्ष पनि डेंगीका समस्या दिन प्रतिदिन बढ्दो छ । आजको यस बसाइमा विशेषगरी तराइ र पहाडी भेगको पनी धेरै सहर तथा बस्तीहरूमा देखीरहेको डेंगीबारे चर्चा गरौँ ।
मानव जिवनको लापरवाहीले गर्दा नै हो आजको समाजले यो समस्यालाई झेलिरहनु परेको छ । यदि समयमै उचित विचार गरी समयानुकुल कार्ययोजनाको सुरूवात गर्ने हो भने यस्ता समस्याले गर्दा विश्वव्यापी रूपमा हुने मानवीय तथा भौतिक क्षतिलाई न्यून गर्न सकिन्छ ।
डेंगी (भ्रामक रूपमा डेंगु पनि भनिने) ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने र शीतोष्ण तथा समशीतोष्ण भूभागमा फैलिने रोग हो । यो रोग डेंगी भाइरसका कारणले लाग्ने गर्दछ । सामान्यतया डेंगी भाइरसको संक्रमण भएको तीनदेखी चौध दिनमा यसका लक्षणहरू देखिन थाल्छन् ।
यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् । यो रोग निको हुन दुई दिनदेखि एक सातासम्म लाग्न सक्छ । केही बिरामीहरूमा यो रोग विकसित (डेंगी हेमोरेजिक फिबर) भएर रक्तस्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ । यो अवस्थामा रक्तस्राव हुने मात्र नभई रगतमा प्लेटेलेट्स को मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्छ । त्यस्तै डेंगीको अर्को विकसित रूप डेंगी एक सिन्ड्रोम पनि हो । यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ ।
डेंगी धेरै प्रजातिका लामखुट्टेहरूका माध्यमबाट मानिसहरूमा सर्न सक्छ । यो रोगका भाइरसहरू पाँच प्रकारका छन् । यीमध्ये कुनै एकको संक्रमण भएपछि हाम्रो शरीरले जीवनभरका लागि त्यस प्रजातिको भाइरसविरुद्ध प्रतिरोध क्षमता प्राप्त गर्दछ । तर यस्तो प्रतिरोध क्षमताले अन्य प्रजातिका भाइरसविरुद्ध छोटो अवधिका लागि मात्रै काम गर्छ । एकपछि अर्को गरी लगातार हुने संक्रमणले गम्भीर जटिलताको खतरालाई बढवा दिन्छ । डेंगीको पहिचानको टुंगो लगाउन धेरै परीक्षणहरू उपलब्ध छन् । यस्ता परीक्षणहरूमा बिरामीको रगतमा डेंगीको भाइरसविरुद्ध शरीरले पैदा गर्ने एन्टिबडी वा उक्त भाइरसको आए आएन पत्ता लगाउने गरिन्छ ।
केही देशहरूमा डेंगीको संक्रमणबाट बचाउने एउटा खोपलाई मान्यता दिइएको छ तर अहिलेसम्म यसको व्यापारिक उत्पादन गरिएको छैन । डेंगीबाट बच्न लामखुट्टेको वासस्थानहरू नष्ट गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्नु पर्छ । यसका लागि मानिसको बसोवास क्षेत्रमा अनावश्यक रूपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा सकेसम्म शरीरका धेरै भाग ढाक्ने कपडा लगाउने गर्न सकिन्छ । लामखुट्टे भगाउने माल्हमको प्रयोग गर्ने । भर्खरै देखा परेको मन्द वा मध्यम खालको डेंगी छ भने मुखबाट वानसाबाट (इन्ट्राभेनस) तरल पदार्थ दिएर उपचार गरिन्छ । गम्भीर खालको डेंगीको उपचार गर्न बिरामीलाई रगत दिनु आवश्यक हुनसक्छ । यो रोगका कारण प्रत्येक वर्ष लगभग पाँच लाख मानिसहरू अस्पताल भर्ना हुने गरेका छन् । डेंगी लागेको बेलामा इबुप्रोफिन जस्ता नन्स्टेरोइडल एन्टी इन्फ्लामेटरी औषधिहरू प्रयोग गर्नु हुँदैन ।
डेंगी दोस्रो विश्वयुद्धको समयदेखि विश्वव्यापी रुपमा फैलियको समस्या हो । हाल यो रोग विश्वका ११० देशहरूमा व्याप्त छ । प्रत्येक वर्ष यो रोगका कारण करीब ५ करोडदेखि ५ करोड ५० लाख मानिसहरू बिरामी पर्ने गरेका छन् । जसमध्ये करीब औसत १५ हजार मानिसहरूको मृत्यु हुने गरेको छ । यो रोग भाइरसका कारणले लाग्ने र लामखुट्टेका कारणले मानिसमा सर्ने गरेको कुरा बीसौँ शताब्दीमै पत्ता लागेको थियो । लामखुट्टेको निर्मुल पार्न असम्भव जस्तै भएकोले सिँधै भाइरसलाई नियन्त्रण गर्ने औषधिहरूको बारेमा पनि अध्ययन अनुसन्धान भइरहेको छ ।
प्रभाव र चिन्हहरू
सामान्यतया डेंगी भाइरसको संक्रमण भएका करीब ८० प्रतिसत मानिसहरूमा रोगका कुनै लक्षणहरू नदेखिन सक्छ वा देखिए पनि हल्का ज्वरो जस्ता सामान्य खालका लक्षणहरू मात्र देखिन्छन् । संक्रमितमध्ये करीब ५ प्रतिसत मानिसहरूमा गम्भीर प्रकारको डेंगी लाग्ने गर्दछ भने तीमध्ये पनि निकै कम मानिसहरू यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्दछन् । यो रोग छिप्पिन तीनदेखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीहरूमा यो रोगले ४ देखि ७ दिनमै पूर्णता पाउँछ । त्यसैले डेंगीको जोखिममा रहेका स्थानहरूमा गएर फर्किएका मानिसहरूमा घर पुगेको १४ दिनपछि डेंगी वा अन्य लक्षणहरू देखापर्ने सम्भावना हुँदैन । प्रायजसोः बालबालिकाहरूमा डेंगीको संक्रमण हुने हुँदा सामान्य रुघा तथा संक्रामक पखाला (ग्यास्ट्रोइन्टेराइटिस) भएको जस्तै लक्षणहरू देखिने गर्दछन् । त्यस्तै बालबालिकाहरूमा विभिन्न जटिलताहरू देखा पर्ने जोखिम पनि तुलनात्मक रूपमा बढी नै हुन्छ । सुरुवातमा यसका अन्य लक्षणहरू मन्द खालका भएपनि उच्च ज्वरो पनि देखा पर्छ ।
क्लिनिकल कोर्स
डेंगीको पहिचानका लागि मुख्य लक्षणहरू अचानक ज्वरो आउने, टाउको दुख्ने (साधारणतया आँखाको पछाडि दुख्ने) मांसपेसी तथाजोर्नी दुख्ने आदि हुन् । डेंगीका रोगीहरूको मांसपेसी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो (अङ्ग्रेजीमा ब्रेकबोन फिबर) पनि भन्ने गरिन्छ । यो रोग लागेको अवधिलाई तीन चरणमा विभाजन गरिएको छ ः लक्षणहरू सुरु हुने अवस्था (फेब्राइल), गम्भीर अवस्था (क्रिटिकल) तथा निको हुने अवस्था (रिकभरी) । लक्षण सुरु हुने अवस्थामा ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेन्हाइट)भन्दा पनि उच्च ज्वरो आउने, शरीरमा पीडा महशुस हुने तथा टाउको दुख्ने जस्ता लक्षणहरू देखिन्छन् । यो अवस्था प्रायः जसो दुईदेखि सात दिनसम्म रहने गर्दछ । वाकवाकी लाग्ने तथा बान्ता हुने पनि हुन सक्छ । डेंगीको संक्रमण भएका ५०–८०% बिरामीहरूमा लक्षण देखिन सुरु भएको पहिलो वा दोस्रो दिनमा छाला रातो तथा तातो हुने समस्या देखा पर्ने गर्दछ । पछि बढ्दै गएर दादुरा लागेको जस्तो ससाना फोकाहरू देखा पर्छन् । रातोको बिचमा सेतो हुने फोकाहरू पनि देखिन सक्छ । यस्ता फोकाहरूलाई अङ्ग्रेजीमा ‘आइस्ल्यान्ड अफ ह्वाइट इन अ सी अफरेड’ (रातो समुद्रमा गोराहरूको टापु) भन्ने गरिन्छ । यो अवस्थामा शरीरमा हुने केशिकाहरू फुटेर छालामा ससाना राता थोप्लाहरू देखा पर्ने र मुख तथा नाकका म्युकस मेम्ब्रेनबाट सामान्य रक्तस्राव हुने जस्ता लक्षणहरू पनि देखा पर्न सक्छ ।
डेंगु रोग लाग्दा के खाने ?
मेवाको पात डेंगु रोगको लागि संजिवनी हो । मेवाको २ वटा पात पिसेर रस निकाल्ने । यसमा मह र सुन्तलाको रस मिसाउने । दिनमा नियमित एक पटक यसको प्रयोग गर्नु होस् जसबाट रगतमा platelets को संख्या बढ्न गई डेंगुको किटाणुसित लड्ने क्षमता विकास हुनेछ ।
सुन्तलाको रस
सुन्तलामा भिटामिन भरपुर हुन्छ । जसले पाचन प्रणालीलाई ठिक राख्दछ । सुन्तलाले रगतमा आवश्यक antibodies बढाउँछ जसले डेंगुसँग लड्ने क्षमता पैदा गर्दछ ।
हर्बल चिया
हर्बल चियाले ज्वरो कमगर्न मद्दत गर्दछ । हर्बल चियालाई अदुवासँग मिलाएर प्रयोग गर्दा उत्तम हुन्छ ।
ग्रिन टी
ग्रिन टी मा भरपुर मात्रामा एन्टिअक्सिडेन्ट र शरीरलाई रोगप्रतिरोधक क्षमता वृद्धी गर्न आवस्यक पर्ने सम्पुरण तत्व हुने भएकोले ग्रिन टी पिउँदा शरीरमा पानीको मात्रा पर्याप्त हुनुको साथै शरीरलाई स्वस्थ र सुन्दरता प्रदान गर्छ ।
नरिवलको पानी
डेंगुको कारण शरीरमा पानीको कमी हुन्छ । नरिवलको पानीको सेवनले शरीरमा पानीको कमी हुन नदिनुका साथै पोषकतत्व पनि प्रदान गर्दछ ।
सुप
काँक्रो, गाजर, च्याउ, गेडगुडी र अन्य तरकारीको रसको सेवनबाट शरिरमा प्रशस्त मात्रामा पोषक तत्व मिल्दछ । यसलाई सजिलोसित पचाउन सकिन्छ र कमजोर पनमा लाभदायक हुन्छ ।
कागतीको रस
कागतीको रसले रगतमा भएको विषालु पदार्थलाई पिसाबको माध्यमबाट बाहिर निकाली रगतलाई सफा गर्दछ । यसकारण डेंगुको रोगीको लागि कागतीको रस धेरै लाभदायक सावित भएको छ ।
लामखुट्टे कसरी भगाउने ?
१. लामखुट्टेको टोकाइबाट बच्ने, कुलेसो र खोल्साहरुमा मट्टितेल र पेट्रोल छर्कने ।
२. भाँडा, पुराना टायर र डिब्बाहरुमा पानी जम्न नदिने ।
३. झ्याल र ढोकाहरुमा जाली लगाउने ।
४. झुलको प्रयोग गरि सुत्ने ।
लामखुट्टेले जमिरहेको पानीमा फूल पार्दछ । लामखुट्टेको फूलबाट बच्चा कोरल्न करिब ७ दिन लाग्दछ । तसर्थ जमिरहेको पानीबाट मुक्ति पाउने, साताको एकचोटी सरसफाई गर्नुपर्दछ र पानीलाई जम्न नदिई बग्ने बनाउनु पर्दछ । यसले लामखुट्टेको प्रजनन दरलाई बाधा पुर्याउदछ जसले गर्दा लामखुट्टेको वृद्धिमा रोकावट आउनुको साथै रोगहरू पनि फैलिन पाउँदैन । लामखुट्टे प्रायजसाो ओसिलो र झाडीमा बस्ने भएकाले मानवबस्तीवरपर नियमित सफाइ गर्नुपर्छ जसले गर्दा समुदायबाट नै लामखुट्टे भगाउन सकिन्छ ।
लामखुट्टेको प्रजनन रोकथाम गर्ने तरीकाहरू
लामखुट्टे बस्न मन पराउने ठाउँहरू जस्तैः जमेको पानी, गाडीका पुराना पांग्राहरू राखेको ठाउँ, गमला, तेलको भाँडो, खाल्टोहरू, नछोपिएको पानीको भाँडो र घरभित्र जमिरहेको पानी भएकाले यस्ता चिज वस्तु घर वरपर नराख्ने । जमीनलाई पानी नजम्ने ढंगले व्यवस्थापन गर्नुपर्दछ, जसले गर्दा सबै पानी सोसेर जान्छ र जम्न पाउँदैन । जलाधार क्षेत्र संरक्षित बनाउनुपर्दछ, जसले गर्दा पानी सधैँभरी बगिरहने गर्दछ ।
सामुदायिक रूपमा लामखुट्टेको रोकथाम कसरी गर्ने
जमेको पानीमा लामखुट्टेलाई खाने माछा पाल्ने । मध्यअमेरिकी लामखुट्टे माछा, दक्षिणी अमेरिकी गुपिज, अफ्रिकन तिलापीया, कार्प रअन्य माछाको प्रयोग गरी लामखुट्टे नियन्त्रण गर्न सकिन्छ । यी माछाहरूको विभिन्न ठाउँमा विभिन्न सामान्य नामहरू छन् तर प्रायः लामखुट्टे माछा भनेर जानिन्छ ।
पानी बगिरहेने तथा खेत राम्ररी पानी सोस्ने बनाउने
प्राकृतिक पानीलाई व्यवस्थित, गल्छि बनाएर पानीलाई बग्ने बनाउने र काम नलाग्ने सिचाइँका कुलो एवं पोखरीहरूलाई पुरेर धानको खेतबाट समय समयमा पानी बगाएर लामखुट्टेको नयाँ फूल एवं बच्चाहरूलाई मार्नु पर्दछ र साथै कुनै किसिमको वातावरणीय तथा धानको उत्पादनमा पनि ह्रास आउँदैन ।
वृक्षरोपण गरेर
लामखुट्टेको नियन्त्रणमा सहयोगी हुने चरा, चमेरो तथा अन्य प्राकृतिक सहयोगीहरूको बासस्थान उपलब्ध गराउन वृक्षारोपण गरिनु पर्दछ । नेपाल, इण्डिया र अफ्रिकामा पाइने निमको रुखले लामखुट्टे धपाउन र यसको पातलाई औषधीको रूपमा उपयोग गर्ने गरिन्छ ।

सावधानः यो स्वास्थ्य सामग्री पढेर तपाइँले आफुखुसी औषधिको प्रयोग तथा परिवर्तन नगर्नुहोला ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->