पोखरा, ५ असार कोपा अमेरिका कपमा अर्जेन्टिनाले पहिलो जीत दर्ता गरेको छ । शुक्रवार राती भएको खेलमा अर्जेन्टिनाले उपाधीको दावेदार मानिएको उरुग्वेमाथि १–० को संघर्षपूर्ण जीत हात पादै समूहको ए को शीर्ष स्थानमा रहन सफल रह्यो । युनाइटेड किंगडम बाहिर पहिलो पटक अन्तराष्ट्रिय खेल खेलका यी दुई टोलीले दुई पटक कोपा अमेरिका कप जितिसकेका छन् । खेलको १३ औ मिनेटमा अर्जेन्टिनाका लागि गुइडो रोड्रिग्वेजले गोल गर्दै अग्रता दिलाए । रोड्रिगो डि पउलको कर्नरमा मेस्सीले डिफेन्डरलाई विट गर्दै दिएको क्रसपासमा रोड्रिग्वेजले टाउकोले हिर्काउँदै (हेडर) गोल गरे ।
५० औ मिनेटमा उरुग्वेले बराबरी गोल गर्ने अवसरमा अर्जेन्टिनी गोलरक्षक इमिलियनो मार्टिनेज बाधक बने । ७५ औ मिनेटमा सुआरेजको ओभरहेड किक प्रहार बाहिरीदाँ अर्को अवसर गुम्यो । समान ४ अंक रहेको चिली दोस्रो स्थानमा छ । पाराग्वे ३ अंक सहित तेस्रो र अंकविहिन उरुग्वे र बोलिभिया क्रमशः चौथो र पाचौँ स्थानमा रहेका छन् । शुक्रवार राती नै सम्पन्न अर्को सोहि समूहको अर्को खेलमा चिलीले बोलिभियालाई १–० ले हराएको छ ।





