पोखरा, ५ असार–भारतीय धावक मिल्खा सिंहको निधन भएको छ । कोरोना संक्रमण भएपछि चण्डीगढ स्थित पिजी आईएमर्एआर अस्पतालमा उपचार गराइरहेका सिंहको उपचारको क्रममा मृत्यु भएको हो । भारतका लिजेण्ड धावक मिल्खा सिंहको शुक्रवार राती निधन भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । सिंहले सन् १९५८ मा) जापानको टोकियोमा भएको एशियाली खेलकुदमा २ यस मिटर र ४ सय मिटर दौडमा स्वर्ण हात पारेका थिए । यस्तै सन् १९६२ को जकार्ता एशियाली खेलकुदमा ४ सय मिटर र १६ सय मिटर (४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जितेका थिए । सिंहको जीवनीको फिल्म समेत बनेको छ जुन निकै चर्चित समेत भएको थियो । सिंहको नाममा तत्कालिन समयमा भारत सरकारले वर्षको एक दिन सार्वजानिक विदा समेत दिएको थियो ।





