आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोर्चुगल माथि जर्मन हावी

पोर्चुगल माथि जर्मन हावी


  • ढोरपाटन संवाददाता
  • असार ६ २०७८, आइतबार

पोखरा, ६ असार–यूरोकप अन्तगर्त शनिवार राती भएको खेलमा जर्मन विरुद्ध पोर्चुगलले आत्मघाती गोल गर्दा ४–२ को हार व्यहोरेको छ । समूह डी अन्तर्गतको खेलमा अग्रता लिएको पोर्चुगलले आत्मघाती गोल गर्दा हारको नमिठो स्वाद चाख्यो ।
क्रिष्टियानो रोनाल्डोको गोलले अग्रता लिएको पोर्चुगल खेलमा सम्हालिन नसक्दा हारको मुखमा पुगेको हो । जियागो जोटाले ६ यार्डबक्सभित्र जर्मनीका गोलकिपर नोयुरलाई समेत कटाउँदै दिएको सटपासमा रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको १५ औं मिनेटमा रोनाल्डोको गोल गर्दै दिलाएको अग्रता पहिलो हाफमै आत्मघाती गोलले पोर्चुगललाई बराबरीमा पुग्यो । डिफेन्स रुबेन डियासले क्रस गरेको बल क्लियर गर्न खोज्दा आफनै पोष्टभित्र बल छिरेपछि जर्मनीको भाग्य खुल्यो । ३५ औ मिनेटमा समेत पोर्चगलले आत्मघाती गोलगर्दौ जर्मनी २–१ को स्थितिमा पुग्यो ।
३५ औं मिनेटमा आत्मघाती गोलको उपहार पाएको जर्मनीले दोस्रो गोल पनि उपहार नै पायो । राफेल गुईरिरोले पनि क्लियर गर्न खोजेको बल आफनै खुट्टामा डिफ्लेक्ट हुदैं पोष्टभित्र छिरेपछि जर्मनीले अग्रता लिएको थियो । ५१ औं मिनेटमा काई हार्भेट्जले जर्मनीको लागि अर्को गोल थप्दै अग्रता फराकिलो बनाए । ६० औं मिनेटमा रोबिन गोसेन्सको उत्कृष्ट हेडर मार्फत गोल गरे । पोर्चुगलले ६७ औं मिनेटमा गोल फर्काउँदै अग्रतालाई केही घटाउने प्रयास गर्यो । क्रिष्टियानो रोनाल्डोको पासलाई जियागो जोटाले गोललाई नजिकैबाट गोल गरे । जीतसंगै जर्मनले नकआउट चरणमा प्रवेश गर्ने अवसर जिवन्त राखेको छ । हारले पोर्चुगललाई भने सकस हुन पुगेको छ । पोर्चुगलले अब लिगचरणको अन्तिम खेल फ्रान्ससँग खेल्ने छ । पोर्चुगल र फ्रान्सलाई जित अनिवार्य छ । बराबरीले फ्रान्स ५ अंक हुने छ भने पोर्चुगल ४ अंकमा रहने छ । यद्यपी जर्मनी र हंगेरी बीचको खेलले तय गर्ने छ । अंकगणितीय हिसाबमा हंगेरीले जितेको अवस्थामा जर्मनी बाहिरिदाँ पोर्चुगल अघिल्लो चरणको यात्रामा निस्कने छ ।
सोहि समूहअन्तर्गत नै भएको अर्को खेलमा हंगेरी र फ्रान्सले १–१ को बराबरी खेले । एन्टोइन ग्रिजमनले गोल गर्दै फ्रान्सलाई हारबाट जोगाए । घरेलु टोलीसँग १–० ले पछि परेको अवस्थामा ग्रिजमनले दोस्रो हाफमा गोल गर्दै फ्रान्सलाई हारबाट जोगाए । पुस्कास एरिना बुडापेस्ट हंगेरीमा शनिबार भएको खेलमा फ्रान्सले घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राखेपनि काउन्टर अट्याकमा गोल खान पुगेको थियो।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एटिला फिओलाले गोल गर्दै हंगेरीलाई १–० को अग्रता दिलाए । राफयल भरानको कमजोर क्लियरेन्समा रोलान्ड सल्लाईले काउन्टर अट्याकमा अघि फालेको बललाई एटिला फिओलाले गोल गर्न सफल भएका थिए । हंगेरीले फ्रान्सको पोस्टमा पहिलो आक्रमण बुन्दा पहिलो प्रयासमा गोल गर्न सफल भएको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->