बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गाेरखाका नाै पालिकामा ५ अर्व ६९ कराेड ५५ लाख बजेट स्विकृत

गाेरखाका नाै पालिकामा ५ अर्व ६९ कराेड ५५ लाख बजेट स्विकृत


  • राजेन्द्र न्याैपाने
  • असार ११ २०७८, शुक्रबार
पालुङटार नगरपालिकाकाे नवाैँ नगरसभा उद्घाटन गर्दै उपप्रमुख पम्फा बसेल । तस्वीर: राजेन्द्र न्याैपाने ।

गाेरखा, ११ असार – जिल्लाका दुइ नगरपालिका र सात गाउँपालिकामा गरी कूल पाँच अर्व ६९ कराेड ५५ लाख रुपैयाँ काे बजेट स्वीकृत भएकाे छ । विहीबार सम्मम भएकाे सभाले चुमनुब्री र आरुघाट गाउँपालिका बाहेक गाेरखा नगरपालिका १ अर्व ५ कराेड, पालुङटार नगरपालिकामा ८४ कराेड ५१ लाख, शहिदलखन गाउँपालिकामा ६१ कराेड ५९ लाख, भीमसेन थापा गाउँपालिकामा ६२ कराेड ५२ लाख,अजिरकाेट गाउँपालिकामा ४८ कराेड २३ लाख,गण्डकी गाउँपालिकामा ६० कराेड, बारपाक सुलिकाेट गाउँपालिकामा ५२ कराेड ७३ लाख र सिरानचाेक गाउँपालिकामा ५६ कराेड ९७ लाख रुपैयाँ बजेट स्वीकृत भएकाे हाे ।
पालिकाहरुले पुराना कार्यक्रमलाइ निरन्तरता दिँदै केही नयाँ कार्यक्रमहरु अघि सारेका छन् । जसमा पालुङटार नगरपालिकाले क अक्षर लेखाैँ पालिकाकाे पेन्सिलले, बहुारी शिक्षा कार्यक्रम अघि सारेकाे छ । अन्य पालिकाहरुले पनि सानाे आकारका बजेट सहित नयाँ कार्यक्रमहरु अघि सारेका छन् ।  जिल्लाकाे आरुघाट गाउँपालिका र चुमनुव्री गाउँपालिकाकाे गाउँसभा भने केही दिनपछि हुने भएकाे छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->