शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कास्कीमा ११२ सहित गण्डकीमा थप ३५२ मा संक्रमण पुष्टि

कास्कीमा ११२ सहित गण्डकीमा थप ३५२ मा संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • असार १२ २०७८, शनिबार

बागलुङ, १२ असार– पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार गण्डकी प्रदेशको कास्की जिल्लका १ सय १२ जना सहित ३ सय ५२ जनामा कोरोना पुष्टि भएका हो ।
१ हजार ३ सय ९४ जनाको नमुना परीक्षण गरिएकोमा कास्कीका १ सय १२, म्याग्दीका ३३, पर्वतका १, गोरखाका ६, तनहुँका ६२ , बागलुङका १७, स्याङ्जाका १४ र नवलपुरका ६६ जना गरी प्रदेशका ९ जिल्लाका १ सय ७९ पुरुष तथा १ सय ७३ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५४ हजार २ सय ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ४९ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५० हजार ६ सय ७ पुगेको छ ।
गण्डकीमा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको भएको छ । मृत्यु पुष्टि हुनेमा बागलुङका १ जना र नवलपुरका २ जना रहेको निर्देशनालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ९ सय २३ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->