
स्याङ्जा, १९ असार – कोरोनाको दोस्रो चरणको लहर चलिरहदाँ राष्ट्रिय प्रजातन्त्र पार्टी कार्य सम्पादन समितिका सदस्य मदनबहादुर कार्की र राप्रपा युवा संगठन केन्द्रीय सचिव हिक्मतजंग कार्कीले नेपाल पत्रकार महासंघ स्याङ्जालाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।
समाजसेवी बाबुछोरा कार्कीद्धयले जन्मथलो पुतलीबजार नगरपालिका-५ पौवेगौडेको स्थास्थ्यचौकी, वार्ड भित्रका नेपाल पत्रकार महासंघ स्याङ्जालाई स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।
कार्कीद्धयले पुतलीबजार नगरपालिका-५ पौवेगौडेको स्थास्थ्यचौकीलाई लक्षित गर्दै नगरप्रमुख सीमा क्षेत्रीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।
स्थास्थ्यचौकीलाई पाँच लीटर अक्सिजन कन्सन्ट्रेटर, २१० लीटर सेनीटाइजर, दुई वटा अक्सिमीटर र पाचँ हजार थान मास्क प्रदान गरेका हुन् ।
सामाग्री ग्रहण गर्दै नगरप्रमुख क्षत्रीले कोरोना संक्रमितका लागि अत्यावश्यक रहेका सामाग्री उपलब्ध गराएर पौवेबासीलाई सहयोग गरेकोमा खुशी ब्यक्त गरिन ।
यस्तै, वडा नं ५ पौवेगौडे भित्रका नौ जना स्वास्थ्य स्वयंसेवीलाई जनही तिन सय थान मास्क र पाँच पाँच लीटर सेनीटाइजर प्रदान गरे ।
यस्तै, नेपाल पत्रकार महासंघ स्याङजा शाखालाई ४० थान पकेट सेनीटाइजर र दुई हजार थान मास्क प्रदान गरे ।
कार्कीद्धयले पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारीलाई महासंघको कार्यालयमा पुगेर स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।
करिब २ लाख ३० हजार मूल्य बराबरका स्वास्थ्य सामाग्रीे ब्यक्तिगत खर्चमा प्रदान गरेको उनीहरुले वताए । कार्की परिवारले यसअघि पहिलो लहरका क्रममा जिल्लाका स्थानीय तह र प्रशासनलाई चार लाख बराबरको आरडीटी कीट प्रदान गरेका थिए ।





