
तनहुँ, १९ असार – फाँटमा लहलह धानको बाला झुल्दै थियो । भकारीको धान हाल्ने तयारी गर्दै थिए किसान । ब्याडमा विउ हरियो बन्दै थिए । रोपेको धानले गाज हाल्दै थियो । किसानलाई पनि धान थन्काएर बर्षभरीलाई ढुक्क हुने आश थियो । किसानले पाकेको मकै थन्काउन पाएनन् ।
गत विहीबार विहानीपखको भिषण बर्षाले तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८, ९, १० किसानको पसिनामा बाढी बगेको छ । ढोर क्षेत्रका चालिसे फाँट, सिम्ले फाँट, फिर्दी फाँट, मान्द्रे फाँट लगायत हरिया फाँटहरु बगरमा परिणत भएका छन् । बर्षभरी के खाएर बाँच्ने ? बगरको थुप्रो हटाएर फेरी कसरी रोपाई गर्ने ? किसनालाई यही पिडाले छट्पटाईरहेको छ ।
हेरौं केहि तस्विर…















